नेपालगन्ज उप–महानगर सफा राख्न बिरगन्जका सांसदको सहयोग

२३ असार २०७४, शुक्रबार २०:१८
 

सदरलाइनडटकम
२३ असार, नेपालगन्ज : सांसद विकास कोषबाट नेपालगन्ज उप–महानगरपालिकाका लागि नयाँ दुई ट्रयाक्टर प्राप्त भएका छन् । राप्रपा सांसद विकास कोषको रकमबाट २ वटा ट्रलीसहितका ट्रयाक्टर राप्रपा बाँकेले नेपालगन्ज उप–महानगरपालिकालाई उपलब्ध गराएको हो ।
राप्रपा पर्साका समानुपातिक सांसद राजकुमार अग्रवालको निर्वाचन विकास कोषबाट राप्रपा बाँकेलाई प्राप्त रकमको सदुपयोग गर्दै फोहर संकलनका लागि १९ लाखका दुई वटा ट्रयाक्टर उप–महानगरपालिकालाई प्रदान गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकामा राप्रपाका महामन्त्री समेत रहेका डा. धवल शमशेर राणा नगर प्रमुखमा निर्वाचित भई आएपछि ट्रयाक्टर प्रदान गरिएको हो । उप–महानगरपालिकामा आयोजित एक समारोहवीच राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेलले ट्रयाक्टरको चावी कार्यकारी अधिकृत भिमबहादुर कुवरलाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष पौडेलले ट्रयाक्टर परिचालनले फोहर संकलनमा सहज हुनुका साथै सुन्दर शहर बनाउने अभियानमा मद्यत पुग्ने विश्वास व्यक्त गरे । मेयर राणा, उपमेयर उमा थापामगर सहितको उपस्थिति रहेको कार्यक्रममा कार्यकारी अधिकृत कुँवरले फोहरमैला व्यवस्थापनका लागि नेपालगन्जवासीलाई माया गरेर ट्रयाक्टर सहयोग गर्ने सांसदलाई उप–महानगरपालिका र नगरवासीका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे । साथै उनले सम्वद्ध पार्टी र नेतृत्वलाई पनि धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाका पदाधिकारीले लिए सपथ

२३ असार २०७४, शुक्रबार २०:१८
सदरलाइनडटकम    २४ असार, नेपालगन्ज : कोहलपुर नगरपालिकाका नबनिर्वाचत मेयर उपमेयर तथा पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत टेक बहादुर थापाले मेयर लुटबहादुर रावत, उपमेयर सञ्जु चौधरी तथा १५ वडाका वडा अध्यक्षलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा बोल्दै नव […]

सम्बन्धित