रेडक्रसको स्वर्णजयन्ती समारोह सम्पन्न, रेडक्रसकर्मीलाई सम्मान

३ असार २०७४, शनिबार २०:४७
 

सदरलाइनडटकम
३ असार नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वर्णजयन्ती समापन समारोहका बीचमा शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । रेडक्रसका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि संजीव थापाले बाँके शाखाको प्रशंसा गर्दै आफुलाई संधै अगाडि बढ्न उत्प्रेरित गर्ने गरेको बताउदै बाँके शाखाप्रति आभार व्यक्त गरे ।
उनले भने–‘यो स्वर्णजयन्ती वर्ष स्मरण योग्य रहेको छ । २०२४ असार २ गते स्थापना भएको यो शाखाले विपद्वाट प्रभावितलाई राहत सेवा प्रदान गर्नुका साथै संकटासन्न समुदायको जोखिम न्यूनीकरणलाई प्रथामिकतामा राखेको छ ।’
नेपाल रेडक्रसका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष रमेशकुमार शर्माले बाँके शाखा अन्य जिल्ला शाखा भन्दा प्रशंसानीय योग्य रहेको बताए । उनले रेडक्रस चिन्ह दुरुपयोग्य मुक्तको अभियान संचालन गर्ने होस् वा अन्य मानवीय कार्यमा सधै अंग्रपंतीमा रहेको उल्लेख गरे । रेडक्रसको छवी कायम राख्न र यो उचाइमा पुर्याउने हरेक रेडक्रसकर्मीको योगदान रहेका स्मरण गरे ।
रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले संस्थापक सदस्यको जीवनीको बारेमा चर्चा गर्दै रेडक्रसको यो गरिमालाई कायम राख्न रेडक्रसकर्मीहरुलाई आग्रह गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले रेडक्रसको कार्य स्मरण योग्य र उपब्धी मूलक रहेको कुरा व्यक्त गरे ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले स्वर्णजयन्ती समारोह सफल पार्न सहयोग सबैलाई धन्यवाद व्यक्त गर्दै बाँके शाखालाई यो अवस्थामा ल्याईपुर्याउने पदाधिकारी तथा सदस्यहरुलाई स्मरण गरेका थिए ।
प्रभातफेरी कार्यक्रमका क्रममा नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष रमेशकुमार शर्मालाई रथयात्रा गराउनुका साथै अभिनन्दन गरिएको थियो ।
यस अवसरमा २५ वर्ष भन्दा बढी सेवा गर्ने स्वयंसेवक र कर्मचारीहरुलाई विशिष्ट सेवा पदक र कदर पत्र १७ जना, १५ वर्ष भन्दा बढीलाई दिर्घ सेवा पदक १३ जना, १० वर्ष भन्दा बढीलाई सेवा पदक ८४ जना, उपशाखा कार्यसमिति, स्वयंसेवी र संस्थागत रक्तदाता, सरोकारवाला निकाय, यशस्कार तथा विशिष्ट सदस्य लगायत ३ सय जनालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सबै स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गरियो

३ असार २०७४, शनिबार २०:४७
सदरलाइनडटकम  ४ असार, नेपालगन्ज : बाँकेका सबै स्थानीय तह निर्वाचनमा भाग लिनको लागि विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दल बल सहित निर्बाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका छन् । बाँकेको सबैभन्दा चर्चा र सबैले प्रतिष्ठाको विषय बनाएको नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवारले मनोनयन दर्ता गराउन जाँदा पार्टी कार्यालयबाट आफ्नो शक्ति प्रर्दशनको रुपमा सकेसम्म […]