कार्यालय समयमै पुग्दैनन् राप्तीपारी फत्तेपुरका स्वास्थ्यकर्मी

२९ जेष्ठ २०७४, सोमबार १२:०७
 

सदरलाइनडटकम    
२९ जेठ, नेपालगन्ज : बाँकेको राप्तीपारीका स्वास्थ्य चौकीमा स्वास्थकर्मी समयमा कार्यालय नजाँदा सेवाग्राही कार्यालय समयमा पनि स्वास्थ्यकर्मी आउलान र कार्यालय खोलेर उपचार पाईएला भन्दै ढोका बाहिर बस्न बाध्य छन् ।
सदरमुकाम नेपालगन्जदेखि करिव १५ किलोमिटर पूर्व रहेको फत्तेपुरको स्वास्थ्य चौकी त एक उदाहरण मात्र हो बाँकेका सुविधा सम्पन्न ठाँउमा एक दरबन्दीमा ३ जनासम्म कोचिएर बस्ने तर, विकट भनेर चिनिएको राप्तीपारीका स्वास्थ्य केन्द्रहरुमा वर्षौसम्म चिकित्सक दरबन्दी हुँदा पनि कोही जान नमान्ने गरेका छन् ।
गत शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको जिल्ला निर्वाचन व्यवस्थापन समिति मतदान केन्द्रको अवलोकन गर्न फत्तेपुरको स्वास्थ्य चौकीमा १० बजेर २० मिनेटमा पुग्दा सेवाग्राही स्वास्थ्य चौकीका कर्मचारी आउने बाटो कुरेर ढोका मै बसेका थिए । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी भेटेर उपचार पाउने कुरा पनि चिठ्ठा परेको जस्तै हुने गरेको सेवाग्राहीको गुनासो छ ।
स्वास्थ्य चौकीका ईन्चार्ज दिपेन्द्र कुमार रेग्मीले तालिम भन्दै अहेव सुरेश शर्मालाई निमित्त दिएर हिडेको र शर्मा पनि तालिम भन्दै सदरमुकाम नेपालगन्ज गएकोले कार्यालय खोल्न केही ढिलाई भएको सोही स्वास्थ्य कन्द्रकी अनमी हरिकला गिरीले जानकारी दिईन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थ, बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजुअधिकारी सहितको टोली सो स्वास्थ्य केन्द्रमा रहेको मतदान केन्द्रको अवलोकन गर्न पुग्दा कार्यालय समयमा नै कर्मचारी नभएर स्वास्थ्य चौकीको मुख्य ढोका मै ताला लगाएको अवस्थामा फेला पारेको थियो ।
गर्भनिरोधक डिपो सुई लगाउन स्वास्थ्य चौकीमा आएकी फत्तेपुर कै माया चौधरी ९ बजेदेखि स्वास्थ्य चौकीका कर्मचारी पर्खेर बसेको बताईन । उनले सधै जसो स्वास्थ्य चौकीमा कर्मचारी नहुने गरेकोले आफुहरु अनाहकमा सेवालिन आउदा दिन नै बिताउन पर्ने गरेको दुखेसो पोखिन ।
स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा कुनै आकस्मीक घटना भएर उपचार गराउन आउनेहरु झनै मर्कामा पर्ने गरेका छन् । अनमी गिरिले कार्यालयको ढोका खोलेपछि कार्यालय भित्रको अवस्था झनै विकराल रहेको थियो । विरामी उपचार गराउने कोठामा सिमेन्ट भण्डारण गर्नुको साथै उपचारमा प्रयोग भएका सामाग्री यत्रतत्र छरिएर फालिएको अवस्थामा भेटिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले कार्यालयको कर्मचारी हजिरी रजिष्टर हेर्दा देश थारु २१ गतेदेखि हाजिर नभएको फुटक्या थारु २५ गतेदेखि, परशुराम थारु र गोर्कण आरसीले हाजिर नगरेको अवस्थामा भेटिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सबै मतदान केन्द्रको स्थलगत अवलोकन सुरु

२९ जेष्ठ २०७४, सोमबार १२:०७
सदरलाइनडटकम २९ जेठ, नेपालगन्ज : स्थानीय तह निर्बाचनलाई शान्तिपूर्ण तरिकाले सफल बनाउने उद्देश्यले जिल्ला निर्वाचन व्यवस्थापन समिति बाँकेले जिल्लाका सबै मतदान केन्द्रको अवस्थाको बारेमा स्थलगत अवलोकन सुरु गरेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनको तयारी बाँकेमा तीब्र रुपले अघि बढाईएको छ । निर्वाचनमा मतदातालाई निर्धक्क भागलिन सक्ने […]