सुर्तीजन्य वस्तु नियन्त्रण गर्ने कानूनलाई कार्यान्वयनमा निरन्तरता जरुरी

१९ जेष्ठ २०७४, शुक्रबार २१:१५
 

सदरलाइनडटकम   
१९ जेठ, नेपालगन्ज : विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्जमा सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि मनाईएको छ । विश्व स्वास्थ्य संगठनको ‘धुम्रपान विकासका लागि चुनौती’ भन्ने नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
स्वास्थ्य अधिकार तथा स¬र्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रममा सञ्जाल र नगरका विभिन्न विद्यालयमा गठन गरिएको धुम्रपानविरुद्ध सचेतना क्लबका विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न वडाका महिला अगुवाहरु, सञ्चारकर्मी लगायत ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले सरोकारवाला सरकारी निकायले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागु भएको तथा सुर्तीजन्य वस्तु नियन्त्रण गर्ने कानूनलाई कार्यान्वयन गर्ने अभियान कडाईका साथ लागु गर्ने अभियानलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्काले स्वास्थ्य क्षेत्रमा सबभन्दा चुनौतीको रुपमा देखिएको सुर्तीजन्य वस्तुको सेवनबाट नेपालमा हरेक एक घण्टामा २ जनाको र हरेक वर्ष १६ हजार भन्दा बढीको अकालमा ज्यान गइरहेको डरलाग्दो तथ्य प्रस्तुत गरे ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ११ को उपदफा ६ अनुसार कार्यान्वयनमा आइसकेको भएपनि बाँकेमा पछिल्ला वर्षमा कडाईका साथ कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बैठकले गरेको निर्णय अनुसार ऐन अब कडाईका साथ कार्यान्वयनमा ल्याउन अभियान नै शुरु गरिएको खड्काले बताए ।
उनले भने–‘चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ १४ गतेसम्म बाँके जिल्लाबाट मात्र ९२ जना क्यान्सर रोगी र ६४ जना मुटुका रोगीका लागि नेपाल सरकारबाट उपलब्ध गराइने स्वास्थ्य उपचार अनुदानका लागि सिफारीस गरिएको छ । यी दुबै रोग सुर्तीजन्य वस्तुको सेवनबाट भएको पाईएको छ ।’ समुदायका अगुवाहरु, विद्यालयका शिक्षक विद्यार्थी लगायतले यस विरुद्ध सचेतना जगाउन सहयोग गरे न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सहभागीहरुलाई घर परिवार, छरछिमेक र समाजमा सचेतना फैलाउन आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन जागेश्वर बस्नेतले सुर्तीजन्य कारोबार गर्न आन्तरिक राजश्व कार्यालयबाट छुट्टै इजाजत पत्र लिनु पर्ने, ऐन अनुसार सुर्तीजन्य पदार्थ खाद्य पदार्थ विक्री गर्ने पसलबाट बिक्री गर्न नपाइने उल्लेख भए नेपालगन्जमा खाद्य पदार्थ बिक्री पसलबाट अहिले पनि सुर्तीजन्य पदार्थ विक्री वितरण भैरहेको छ । यसका लागि पहिले सूचना जारी गरेर जनचेतना जगाउने काम शुरु भएको जानकारी दिए ।
बस्नेतले विभिन्न ६ वूँदे सूचना जारी गर्दै भने–‘जनस्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थको व्यवसाय, कारोबार एवं बिक्री वितरण गर्नेले पालना गर्नुपर्ने जानकारी पटक पटक गरिसकिएको र अब कारवाही प्रक्रिया थालिने चेतावनी दिएको बताउनु हुँदै बालबालिका र गर्भवति महिलालाई सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेच्न नलगाउने समेत कानुनी व्यवस्था छ । यो सन्देश तपाईहरुले पनि समुदायमा पुर्याइ दिनुहोस् ।’
सञ्जालका संयोजक पूर्णलाल चुकेले आफ्नो प्रस्तुतीको क्रममा विश्वभरि नै धुम्रपानले ल्याउने चुनौती प्रमुख जनस्वास्थ्यको विषय बनेको उल्लेख गर्दै हरेक वर्ष धुम्रपानको सेवनको कारण ७० लाख मानिसहरुको मृत्यु हुने गरेको र सो मध्ये ६० लाख व्यक्तिहरु प्रत्यक्ष धुम्रपान गर्ने तथा ७ लाख ९० हजार व्यक्तिहरु अप्रत्यक्ष रुपमा धुम्रपान सेवन गर्नेहरु रहेको त्यो मध्ये नेपालमा १५ देखि ६९ वर्र्ष उमेरका २ जनामा १ जना व्यक्तिले धुम्रपान गर्ने गरेको पाइएको छ र हरेक एक घण्टामा २ जना व्यक्तिहरुको धुम्रपानका कारण मृत्यु भएको तथ्याङ्कले जानकारी गराए ।
नसर्ने रोगका प्रमुख रोगहरु मध्ये मुटुरोग (कोरोनरी धमनी र मस्तिष्कघात), अर्वुद रोग, श्वास प्रश्वास सम्बन्धी रोग (दम, खोकी), मघुमेह पर्दछन् र यी नसर्ने रोगहरुको मुख्य कारक तत्व मध्ये सुर्ती सेवन एक हो, जसले अर्वुद रोग, फोक्सो सम्बन्धि रोग तथा मुटु रोग जस्ता दीर्घकालीन रोगहरुलाई निम्त्याउँछ प्रस्तुतीका क्रममा संयोजक चुकेले बताए ।
सो अवसरमा परसपुर स्वास्थ्य केन्द्रकी प्रमुख दीपा साउद, ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्मा, युनाइटेड एजुकेशनल एकेडेमीका शिक्षक सतानन्द उपाध्याय, विश्व शान्ति महिला संघ बाँकेकी उपाध्यक्ष जीवकला अधिकारी, महिला अगुवा कमला ज्ञवाली, सीता काफ्ले, बाबुराजा मानन्धर, आर्तव लम्साल लगायतले विभिन्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब आईईएलटिएस टेष्ट परीक्षा नेपागन्जमै हुने

१९ जेष्ठ २०७४, शुक्रबार २१:१५
सदरलाइनडटकम  २० जेठ, नेपालगन्ज : उच्च शिक्षा लिनको लागि अमेरिका, अस्ष्टेलिया, बृटेन जस्ता मुलुक जान चाहाने विद्यार्थीहरुका लागि आईईएलटिएस टेष्ट परीक्षाको लागि काठमाण्डौ वा भारतको दिल्ली जान नपर्ने भएको छ । नेपालस्थित ब्रिटिस काउन्सीलले लिदै आएको सो परीक्षाको दर्ता र परीक्षा नेपालगन्जमा नै संभव भएको ग्रेस एकेडमी नेपालगन्ज प्रा. लि. […]