२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

आगलागीमा परी बर्दियामा एक जनाको मृत्यु



नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा बिहीवार राती गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार
ताजा समाचार