२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

जुम्लामा पहिरोमा पुरिँदा दुई बालकको मृत्यु



जुम्ला : जुम्लामा पहिरोमा पुरिँदा दुई जना तीन वर्षीय बालकको मृत्यु भएको छ।

बुधबार दिउँसो २ बजे तिला गाउँपालिका-२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

पहिरोले पुर्दा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर राउतका छोरा हिमेशको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार घरको जग खन्ने काम भइरहेको थियो। तल दुई जना बालक खेल्दै गर्दा माथिबाट पहिरो खसेको हो।

‘हिजो अस्तिदेखि पानी परेको थियो। जसकारण आज पहिरो खसेको जस्तो देखिन्छ,’ उनले भने, ‘खेल्दै गर्दा पहिरो खसेर पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।’

घटनापछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुग्दा बालकहरूको मृत्यु भइसकेको थियो।

अहिले शव पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार
ताजा समाचार