सदरलाइनडटकम,
सल्यान : कपुरकोट गाउँपालिका ६ खोलिगाउँमा एक युवक मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी रहेको र उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो ।
टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले बताउनुभयो । उनको बुधवार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको परिवारको कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
