छिटईपुरवाका आगलागी पीडितलाई एमालेको सहयोग

१६ बैशाख २०७४, शनिबार १९:१३
 

सदरलाइनडटकम 
१६ बैशाख, नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका–२ छिटैपुरुवामा भएको आगलागी घटनाका पीडितलाई नेकपा एमाले बाँकेले राहात सहयोग गरेको छ । सो क्षेत्रका सांसद समेत रहेका नेकपा एमाले बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, पार्टीका जिल्ला अध्यक्ष अशोक कोइराला, एमाले केन्द्रीय उद्योग बिभागका सदस्य बिजय गुप्ता आगालागी भएको गाउँमा पुगेर शनिबार राहात सहयोग गरेका हुन ।
पार्टीका तर्फबाट प्रति परिवार एक हजार सहयोग गरिएको पार्टी अध्यक्ष अशोक कोइरालाले बताए । उनले भने,–‘सान्त्वना स्वरुप पीडितलाई सहयोग गरेका हौं । राज्यका तर्फबाट उचित सहयोगको माग गरेका छौं ।’
सो अवसरमा बोल्दै सो क्षेत्रका संसद दिनेश चन्द्र यादवले राप्तीपारी हुने आगलागी घटनाको दिर्घकालिन समाधानको खोजि गरिनुपर्ने र पीडित परिवारहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने बताए । दिउसो ३ बजे आगलागी हुदा घर र गोठ गरी ४७ पुर्ण रूपमा नष्ट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ वर्षदेखि शहिद हरि अधिकारीको शालिक अलपत्र अवस्थामा

१६ बैशाख २०७४, शनिबार १९:१३
सदरलाइन / रुद्र सुवेदी    १६ बैशाख, नेपालगन्ज : लोकतन्त्र आएको ११ वर्ष भयो तर, लोकतन्त्र ल्याउन ज्यानको आहुती दिने शहिदको शालिक राख्नको लागि ठाँउसम्म नपाउदा शालिक ७ वर्षदेखि अलपत्र अवस्थामा छ । दोस्रो जनआन्दोलन ०६२÷०६३ मा नेपालगन्जमा भएको आन्दोलन कै क्रममा शहिद भएका हरि अधिकारीको शालिक अनावरण गर्ने स्थानको […]