जय बागेश्वरी विद्या निकेतन परसपुरको पाँचौं वार्षिक उत्सव सम्पन्न

३ बैशाख २०७४, आईतवार २०:२४
 

सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज : जय बागेश्वरी विद्या निकेतन परसपुरले आईतबार आफनो पाचौं वार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक सानु मोन सिएसले दिएको जानकारी अनुसार संस्थापक अध्यक्ष बिद्यामान राजभण्डारीको सभापतित्वमा र जिल्ला शिक्षा कार्यालय बाँकेका बिद्यालय निरीक्षक खगेन्द्र मल्लको प्रमुख आतित्थ्यिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, ¥याम्स, म्युजिक धुन र स्पिच प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष राजभण्डारीले यो विद्यालयको प्रमुख उद्देश्य भनेको शहर भन्दा टाढा रहेका वालवालिकाहरुलाई सुपथ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको स्पष्ट पारे ।
प्रमुख अतिथि मल्लले विद्यालयको गुणस्तरीयता अझै बृद्धि गर्न विद्यालयमा पठन पाठन मात्र नभई अतिरिक्त कियाकलापमा पनि लागेकाले शहर भन्दा बाहिर परसपुरमा भएपनि शहरको जस्तै गुणस्तरियता आफूले देखेको बताए ।
प्रमुख अतिथी मल्लले छोरीहरुलाई पनि छोराहरु सरह विद्यालयमा पठाई लैङ्गिक असमानता हटाउनका लागि उपस्थित अभिभावकहरुलाई आग्रह समेत गरे । कार्यक्रममा शिक्षिका माया वर्नवालले स्वागत र प्रिन्सिपल रुप यादवले विद्यालयको वार्षिक प्रगति बिवरण प्रस्तुत गरेकी थिईन । कार्यक्रममा खेलकुद, पढाई, सरसफाई र अनुशासनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास अन्तरगतका योजनाहरुको अनुगमन

३ बैशाख २०७४, आईतवार २०:२४
सदरलाइनडटकम  ३ बैशाख, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेले चालु आर्थिक वर्षमा जिल्लामा सञ्चालन गरेका विभिन्न विकास निर्माणका योजना÷कार्यक्रमहरु मध्ये बाँके निर्वाचन क्षेत्र नं. ३ विभिन्न योजनाहरु स्थलगत अनुगमन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि संसद विकास कोषबाट विनियोजित ३ करोड रकमका संयोजक बाँकेका संसद बादशाह कुर्मीले विनियोजित […]

सम्बन्धित