नेपालगन्जमा झण्डा महोत्सवको भव्य तयारी

३० चैत्र २०७३, बुधबार २०:५८
 

सदरलाइनडटकम    
३० चैत, नेपालगन्ज : नयाँ वर्षको दिन बैशाख १ गते नेपालगन्जमा गर्न लागिएको झण्डा महोत्वसव (नेपाल फ्ल्याग फेस्टिवल) को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था अन्तरालले जनाएको छ । कार्यक्रमलाई भव्यता दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने सो कार्यक्रमको प्रमुख आकर्षणको रुपमा अभिनेता तथा वरिष्ठ पाइलट विजय लामा रहने छन् । राष्ट्रियताले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत गर्ने तयारी भइरहेको फेस्टिवलको व्यवस्थापक अन्तरालले जनाएको छ । सवै निशुल्क सहभागी हुन सक्नेछन्
फेस्टिवललाई भव्य वनाउन आज विभिन्न सामाजिक संघ संस्थाहरु बैठक वसेको छ । बैठकले कार्यक्रम मा व्यापक सहभागीता जनाउने निर्णय गरेको छ ।
‘ यो गैर नाफामुखी कार्यक्रम हो’—फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाह भन्छन्—‘राष्ट्रिय झण्डा हाम्रो चिनारी हो , सवैले माया गरौ ।’ बैशख १ गते लाई राष्ट्रिय झण्डादिवशको रुपमा मनाउन राज्यलाई समेत घचघच्याउदै गतवर्ष राष्ट्रगानका रचनाकार व्याकुल माईला प्रमुख वक्ताको रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीताका लागि अन्तरालले सवैलाई आहवान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेबाट ‘गाई र दाई’ अभियानकैले टिकटको दवा गरेपछि...

३० चैत्र २०७३, बुधबार २०:५८
सदरलाइनडटकम ३१ चैत, नेपालगन्ज : एमाले बाँके निर्वाचन क्षेत्र नं. ३ भित्र रहेका पुराना गाविस र नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवार सिफारिस प्रकृया मै विबाद देखिएको छ । पार्टीको नेपालगन्ज उप–महानगरपालिकाका पुराना वडाहरु १ देखि १७ मा बढी यो समस्या देखिएको हो । पार्टीका जिल्ला नेतृत्व र पदाधिकारीहरुले ‘अवसरबादी’हरुलाई उकास्दै स्थानीय पार्टी […]