स्थानीयतहको निर्वाचनको प्रचारमा होमिन बाँके काँग्रेसद्वारा आग्रह

१२ चैत्र २०७३, शनिबार १९:३०
 

स्मृती देवकोटा/सदरलाइन   
१२ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चतताको भएकाले चुनावी प्रतिष्पर्धामा होमीन महिला नेतृहरुलाई काँगे्रस अगुवाहरुले आव्हान गरेका छन् । नेपाली काँगे्रस निकट नेपाल महिला संघ बाँकेको शनिबार सम्पन्न जिल्ला भेला तथा छलफलमा बोल्ने अधिकांस काँगे्रस नेताले निर्वाचनको सुनिश्चितासँगै महिलाको सहभागीता र जितको बातावरण बनेकाले निराश नभई चुनावी माहोल बनाउन र अग्रसता देखाउन सुझाव दिएका छन् ।

स्थानीय तहको निर्वाचन नजीकीदै गइरहेका बेला पार्टीका आन्तरिक वैठक भेला भइरहेका बेला भातृ संगठन पनि निर्वाचन लक्षित कार्यक्रममा जुटेको महिला संघ बाँकेकी नारायणी रुपाखेतीले बताईन । ‘जनमनमा विपि, घर घरमा कांग्रेस, संगठन सुदृणिकरण हाम्रो संकल्प अभियान’ भन्ने नारा सहित स्थानीयतहमा महिला सहभागिता बृद्धिका लागि कार्यक्रम आयोजना गरीएको कार्यक्रममा महिलाको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा बोल्दै सांसद बादशाह कुर्मीले चुनावको माहोल वनिसकेकोले सम्पूर्ण महिलाहरु चुनाव प्रसार प्रचारमा लाग्नुपर्ने बताए । त्यस्तै नेपाली कांगे्रस बाँकेकी सभापति किरण कोइरालाले अहिलेको संविधानले महिलाहरु धेरै भन्दा धेरै निर्वाचित हुने सम्भावना भएकोले सवै महिलाहरु चुनावको माहोल बनाउनमा लाग्नु आग्रह गरीन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला कारागार कालिकोटबाट कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका कैदी फरार

१२ चैत्र २०७३, शनिबार १९:३०
सदरलाइनडटकम   १२ चैत, कालिकोट : जिल्ला कारागार कालिकोटबाट कर्तव्य ज्यानको मुद्दामा थुनामा रहेका कैदी शुक्रवार दिउसो फरार भएको जनाकारी प्राप्त भएको छ । कालिकोट डिल्लीकोट घर भएका ३५ वर्षिय कैदी वलवहादुर शाही हेमन्त भनी चिनिने केदी फरार भएका हुन । शुक्रबार जिल्ला कारागार कालिकोटवाट प्रहरीसंग बजार किनमेल गर्न आएका […]