मानव बेचबिखन विरुद्धको स्थानीय समिति र जिल्ला समतिबीच अन्तरक्रिया

९ चैत्र २०७३, बुधबार १७:१७
 

सदरलाइनडटकम     
९ चैत, नेपालगन्ज : मानव बेचबिखन बिरुद्धको जिल्ला समिति, बाँके र माईती नेपाल नेपालगन्जको आयोजनामा एकदिने मनव बेचविखन बिरुद्धको अन्तरक्रिया सम्पन्न भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका सहभागिले मानब बेचविखन बिरुद्ध सबै क्षेत्रले एक आपसमा समन्वय गरी आ–आफ्नो जिम्मेवारी पुरा गर्नसके मात्र पनि धेरै हदसम्म बेचबिखनका घटनाहरु अत्यन्तै न्यून हुने उनीहरुको सुझाव थियो ।
समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले यस क्षेत्रमा क्रियाशिल संस्थाहरुले विशेष चनाखो भएर आफ्नो कार्य संगै सचेतना अघि बढाउन पर्ने सुझाव दिए । उनले भने–‘पछिल्लो समयमा जिल्लाका विभिन्न नाकाहरु प्रयोग गरी मानव तस्करहरु सलबलाउन सक्ने भएकोले त्यस्ता नाकाहरुको पहिचान गरी निगरानी बढाउन आवश्यक हुन्छ ।’
बाँकेका प्रहरी प्रमुख तथा जिल्ला प्रहरी बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले प्रहरी सक्रियताको कारण चलन चल्तीका बाटो भन्दा अन्यबाटोबाट मानव तस्करहरु सक्रिय हुने संकेत पाउने वित्तिकै आफ्नो कार्यालयबाट समेत त्यस्ता संभावित नाकाको पहिचान गर्दै निगरानी बढाएको जानकारी दिए ।
स्थानीय समितिका तर्फबाट बागेश्वरी गाविसस्तरिय समितिका सदस्य झुपमया जिएमले बाँकेको खजुरा तथा सिमलघारी बेल्ट बचबिखनका हिसावले अत्यन्तै नयाँ रुट भएको आफुहरुलाई जानकारी आएकोले जिल्ला समितिबाट त्यो क्षेत्रमा विशेष निगरानी बढाईदिन आग्रह गरिन ।



नेपालबाट भारतमा रोजगारीको बाहानामा, बैबाहिक जीवनयापन गर्ने, संस्कृतिक कार्यक्रम वा अन्य शाररिक तथा श्रम शोषण र प्लास्टिक सजर्रीको लागि छाला तस्करीको गर्न बालबालिका र महिलालाई विभिन्न प्रलोभनमा पारेर नेपालगन्ज, तथा आसपासका नाकाहरुबाट भारत लैजान प्रयोगमा आउने गरेकोले जिल्ला समितिको सक्रियतामा गाविसस्तरिय समिति निमार्ण गरीएको माईति नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिए ।
जिल्ला समितिका पदाधिकारी, नेपालगन्ज उप–महानगरपालिका स्तरीय समिति, बागेश्वरी गाविस स्तरिय समिति लगायतको सहभागिता रहेको कार्यक्रममा स्थानीय समस्याका बारेमा खुलेर छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै नेपालगन्जमा राप्रपाको राँके जुलुस

९ चैत्र २०७३, बुधबार १७:१७
 सदरलाइनडटकम   ९ चैत, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले निर्वाचन आयोगले पर्टीको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको विषयमा राँके जुलुस निकालेको छ । नेपालगन्जको पुष्पलाल चोकबाट सुरु भएको सो राँके जुलुसले सुर्खेतरोड हुँदै धम्बोझी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । राप्रपा बाँकेका कार्यकर्ता तथा नेताहरु राजतन्त्र […]