कागजात मिलाउदै सीमा क्षेत्रबाट गोरु तस्करी

७ चैत्र २०७३, सोमबार १६:२८
 

सदरलाइनडटकम   
७ चैत, नेपालगन्ज : बाँके–बर्दियाबाट जमीन जोत्ने उद्देश्य देखाई ठूलो संख्यामा गोरु कागजात मिलाई तस्करी हुने गरेको पाईएको छ । बाँके–बर्दियाका सीमावर्ती क्षेत्रमा संकलन गरी ट्रकमा लोड गरेर पूर्वी नेपालको सप्तरी, महोत्तरी लैजाने गरिएको पाईएको छ ।
‘कागजमा जमिन जोत्ने प्रयोजनको लागि भनेर उल्लेख गरिएको भएपनि यसरी संकलन गरिएका गोरु पूर्वी नेपाल हुँदै दार्जिलिङ्ग र बंगलादेस मासुको लागि निकासी गर्ने गरेको जानकारीमा आएको छ’– परिचय नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले भने ।
नेपालमा दुईतिहाई बढी हिन्दू धर्ममा आस्था राख्ने बसोबास गर्छन् । हिन्दू धर्ममा गाई र गोरुको विशेष महत्व रहने भएकोले नेपालभर गाई गोरु काटमार गरे डण्डनिय अपराधको रुपमा भएकोले यस्तो प्रयोजनको लागि ओसार पसार गर्न नपाईने भएपनि तस्करहरुले कागजात मिलाएर प्रहरीकै अगाडिबाट लैजाने गरेका छन् ।


‘भन्सार र क्वारेन्टाईन गराईएको छ । जोत्ने प्रयोजनको लागि सप्तरी लैजान भन्दै नेपालगन्ज क्वारेन्टाईन परिसरमा आईतबार साँझदेखि १०८ गोरु गाडिमा लोड गर्न लागिएको छ । गोरुको अवस्था हेर्दा जोत्ने जस्तो देखिदैन आवश्यक कागजपत्र सबै मिलाईएको छ । कागजपत्र अनुसार प्रहरीले रोक्न पनि नमिल्ने हाम्रै अगाडिबाट तस्करले खुलेआम लैजाने गरेका छन्’–ती प्रहरी अधिकारीले गुनासो गरे ।
शनिबार बाँकेको रमुवापुर पशु हाटबजार लाग्ने र शुक्रबार बर्दियाको गुलरिया नजिकै भादापुलमा लाग्ने पशुहाटबजार तथा सीमापारीका गाउहरुबाट खुला सिमानको फाईदा उठाउदै गोरु तस्करी लागि गोरु संकलन गरेर भंन्सार र पशु क्वारेन्टाईन गरी पूर्वी नेपालका विभिन्न जिल्लामा भण्डारण गर्दै भारत र बंगलादेश पु¥याउने गिरोह नै सञ्चालनमा छ । प्रहरी प्रशासनले आवश्यक कागजात भएपछि उनीहरुलाई रोकतोक गर्न नसक्ने भएकोले तस्करहरुको मनोबल बढेको छ ।
जिल्ला प्रहरीको विशेष टोलीले आईतबार साँझदेखि नेपालगन्ज भन्सार नजिकै रहेको पशु क्वारेन्टाईनमा रोकेर राखेको १ सय ८ गोरु भन्सार कागजात र क्वारेन्टाईन पास गरेको कारण सप्तरी जाने तयारी अवस्थामा रहेको जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावको मिति तलमाथि गरे सरकारको औचित्य समाप्त हुन्छ : रावल

७ चैत्र २०७३, सोमबार १६:२८
सदरलाइनडटकम   ७ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले वर्तमान सरकारले निर्वाचन गराउन नसके सरकारमा बस्नुको औचित्य नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारले निर्वाचनको मिति तलमाथि गर्यो भने सरकारमा बसिरहने अधिकार हुँदैन्, तत्काल सरकारको कुर्सी छोड्नुपर्छ ।’ उनले सरकारले चुनाव गराउन नसके […]