सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : गुलरिया नेपालगन्ज सडकखण्डको सोनपुर गोनानामा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीवीच झडप हुँदा तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीसँगको झडपमा दुई जना मोर्चा कार्यकर्ता घाइते भएको थर्ड एलाइन्सका आलम खानले जानकारी दिए । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्ने मात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।
सो सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो ।
Next Post
मोर्चाको अबरोधकै बीचमा एमालेको आमसभा सम्पन्न (फोटो कथा सहित)
१ चैत्र २०७३, मंगलवार १९:२०
सम्बन्धित
-
४ माघ २०७८, मंगलवार १५:१३
बाँकेमा मंगलवार ७७ जनामा कोरोना पुष्टि
-
१ जेष्ठ २०७५, मंगलवार १९:४३
वडा कप रात्री कालिन कबड्डीको उपाधी खजुरालाई
-
१७ असार २०७८, बिहीबार १६:२८
बिहीवार बाँकेमा ८ जनालाई कोरोना पुष्टि
-
१८ जेष्ठ २०७६, शनिबार १८:५१
ट्राफिक व्यवस्थापनमा खजुराको चासो
-
८ पुष २०७९, शुक्रबार १३:०५
राष्ट्रपतिद्वारा पत्रकार महासंघको साधारणसभा उद्घाटन
-
३ पुष २०७९, आईतवार १२:००
बाजुरामा अनिश्चितकालीन यातायात बन्द