सदरलाइनडटकम
३० फागुन, नेपालगन्ज : नेपालगन्ज–खजुरा सडक खण्डको मानपुरमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक भारतीय नागरिक सहित दुईजनाको मृत्यु हुनुको साथै एक घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मानपुर मोड नजिकै विपरित दिशाबाट तीब्र गतीमा आई रहेका भे ६ प ८४८ र भे ३ प ९५९४ नंबरका दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुबै मोटरसाईकल चालकको ज्यान गएको हो ।
सो घटनामा परी मृत्यु हुनेहरुमा जिल्ला बहराईच फिजौल बस्ने १७ वर्षिय खाँदिन कपडिया र बाँके उढरापुर–४ का २४ वर्षिय सुरज रेग्मी रहेका छन् भने सो घटनामा परी मोटरसाईकल नं.८४८ का पेसेञ्जर १६ वर्षिय निजल शाह घाइते भएका छन । घाइतेको नेपालगन्ज नर्सिङ्गहोममा उपचार भईरहको छ ।
प्रहरीले घटनाको नजिकबाट अनुसंधान गरिरहेको जनाएको छ । मृतकको शव नेपालगन्ज नर्सिङ्ग होममा राखिएको छ ।
Next Post
संकटा दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा
३० फाल्गुन २०७३, सोमबार १९:४०
सम्बन्धित
-
२० असार २०७८, आईतवार १९:४५
कक्षा १२ को परीक्षा साउनको तेस्रो वा अन्तिम सातामा गर्ने बोर्डको तयारी
-
४ भाद्र २०७३, शनिबार १४:४३
समावेशी साझा समूहको प्रतिवद्धता : नेपालगन्जको व्यावसाय र विकासलाई प्राथमिकता
-
२५ आश्विन २०७७, आईतवार १७:३६
नेपालगञ्जमा छात्रा कलेज सञ्चालनको तयारी
-
१३ श्रावण २०७८, बुधबार १६:३५
बाँकेमा बुधवार २४ संक्रमित थपिए, ४ जना डिस्चार्ज
-
७ असार २०७७, आईतवार १४:४३
बाँकेमा एकसहित थप सात जनामा कोरोना
-
२४ मंसिर २०७६, मंगलवार १९:०१
विद्युत प्रशारण विस्तार विवाद साम्य