सदरलाइनडटकम
१६ फागुन, कालिकोट : आगामी १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका बिषयमा भएको विबादले कालिकोटमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । सो झडपमा परी चार जना विद्यार्थी घाइते भएका छन ।
नेबिसंघ र अनेरास्वावियुबीच नन्ददेवि वहुमुखि क्याम्पसका प्राध्यापक तथा स्वबियु निर्वाचनका निर्वाचन अधिकृत रत्नसिहं साउदलाई कालो मोसो दलेपछि बिवाद उत्पन्न भएर झडप भएको हो ।
झडपका क्रममा अनेरास्ववियुका मदसिहं गम्भीर घाइते भएका छन । साथै दोहोरो ढुङ्गा हानाहान हुदा अखिल क्रान्तिकारीका सदस्य थिर्पु–५ का मन्दीरराज रोकाया, अनेरास्ववियुका नविन शाही लगाएत चार जना घाइते भएका हुन । घाइतेहरु मध्य गम्भीर घाइते सिहंको जिल्ला अस्पताल र अन्यको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
नन्ददेवि वहुमुखि क्याम्पसका निर्वाचन अधिकृत साउदले एकलौटी रुपमा अखिल क्रान्तिकारीको प्यानलाई निर्वाचन हुनु तीन दिन अगावै घोषणा गरेपछि आक्रोसित अनेरास्ववियु र नेविसंघका कार्यकर्ताले माओवादी केन्द्र निटक एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष साउदलाई प्रतिमा चोकमा उभाएर कालो मोसो दलेका हुन ।