टोल पढाई समूहले बालिबालिकामा पढ्ने बानीको विकास गराउदै

२७ माघ २०७३, बिहीबार ०५:३०
 

रुद्र सुवेदी/सदरलाइन  
२७ माघ, नेपालगन्ज : बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउन जिल्लामा करिब सातसय टोल पढाई समूह निर्माण गरी समूह मार्फत बालबालिकालाई पढाउन थालिएको छ ।
युएसएआईडीको आर्थिक सहयोग तथा शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय बाँकेसँगको समन्वयमा बाँके युनेस्को क्लवले जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र ३४ गाविसका सबै टोलहरुमा ६ सय ७८ टोल पढाई समूह निर्माण गरी बालबालिकालाई पढ्ने बानीको लागि पहल गर्न थालिएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको सामाजिक तथा सामुदायिक परिचालन रणनीति र क्रियाकलाप सम्बन्धी नेपालगन्जमा आयोजित कार्यशालामा सो कुराको जानकारी गराईएको हो । शिक्षा मन्त्रालयको सो कार्यक्रमको फोकलपर्शन तथा उप–सचिव धासिंह धामीले सामुदायिक विद्यालयका कक्षा १–३ सम्मका बालबालिकाको पढ्ने अभ्यासको लागि टोल पढाई समुह मार्फत उनीहरुलाई पढ्ने वाताबरण बनाउन समूह निर्माण गरिएको बताए ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत टोल पढाई समुहले विद्यालय बिदाको दिनमा, चाडपर्वको बेलामा वा विद्यालय अघिअछि खेलेर बिताउने समयलाई बालबालिकाले टोल पढाई समूहको सहयोगमा पढ्ने तथा सिक्ने गरी सदुपयोग गराउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपसचिव धामीले जानकारी दिए ।
बाँकेका सामुदायिक विद्यालयमा कक्षा १–३ मा विद्यार्थीको संख्या समेत निरन्तर घट्दो भएकोले पनि कार्यक्रमले शैक्षिक गुणस्तर तथा बालबालिकाको आकर्षण सामुदायिक विद्यालयमा बढाउन सक्ने कोहलपुर स्रोत केन्द्रका स्रोत व्यक्ति सुनिल शाहले दावी गरे । उनले भने–‘कार्यक्रम लागू गरेकै वर्ष प्रतिफल खोजेर नभेटिन सक्छ तर, यो कार्यक्रमले बालबालिकामा पढ्ने बानिको विकास गर्छ ।’ प्रत्येक स्रोत केन्द्रमा बालबालिकालाई पढाईमा आकर्षण गराउनको लागि ‘रिडिङ्ग मोटिभेटर’ देखि उनीहरुको ईच्छा अनुसार पढाउनको लागि स्रोतव्यक्तिको नेतृत्वमा ८ जनाको टोली रहने र टोल पढाई समुहले बालबालिकालाई पढाउने बाताबरण मिलाउने कार्यक्रमको मोडालिटि रहेको छ ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारीले कार्यक्रम लागू भएको छोटो समयमा नै ७० वटा टोल पढाई समूहले अध्ययन सामाग्री समेत तयार गरेको जानकारी दिए । उनले जिल्लाका ६ सय ७८ टोल पढाई समुहमा ७ हजार २ जना अभिभावकले आ–आफ्नो टोलमा रहेका बालबालिकाको पढाई क्षमता सुधारको लागि काम गरिरहेको दावी गरे ।
उनले दिएको जानकारी अनुसार २ हजार ३ सय २१ मुस्लिम, १ हजार ६७ दलित, १ हजार ७ सय ८५ जनजाती ८ सय ५१ क्षेत्री बाहुन र ५ सय ८० मधेशी समुदायका अभिभावक आफ्ना बालबालिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागि टोल पढाई समुहमा आवद्ध भएर बालबालिकालाई पढाउने वाताबरण र पढ्नको लागि आवश्यक पाठ्य सामाग्री तयार गर्न सघाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरमावि रनिगं शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण पदनाहमा शुरु, झन्डै २ हजार ५ सय खेलाडी सहभागि

२७ माघ २०७३, बिहीबार ०५:३०
विनोद अधिकारी/सदरलाइन    २७ माघ,बर्दिया : अन्तरमावि रनिगंशिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण बिहीवारदेखि पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहामा शुरु भएको छ । पान्चजन्य माध्यामकि विद्यालयको खेल मैदानमा एक कार्यक्रमका विच नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री बामदेब गौतमले उद्घाटन गरे । उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास समेत गरेका […]

सम्बन्धित