पूर्व स्थानीय निकाय पदाधिकारीलाई एमालेको सम्मान

११ माघ २०७३, मंगलवार १३:५४
 

सदरलाइनडटकम  
११ माघ नेपालगन्ज   :  नेकपा एमाले जनकार्य विभागले २०४९ र २०५४ मा भएको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित जिविस सदस्य, गाविस अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, नेपालगन्ज नगरपालिकाका उपमेयर, वडाध्यक्षहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
नेकपा एमालेको तर्फबाट बाँकेमा स्थानीय निकायमा विजयी पदाधिकारीहरुलाई मंगलवार गरिएको सम्मान कार्यक्रममा १६ जना गाविस अध्यक्ष, २१ जना उपाध्यक्ष, जिविस सदस्य ३ जना, उपमेयर १ जना र वडाध्यक्ष १ सय १४ जनालाई सम्मान गरिएको थियो ।
विभागका प्रमुख सूर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै पदम धितालले स्थानीय निकाय निर्वाचनको १८ वर्षपछि पार्टीले आफूहरुलाई सम्झिएकोमा खुशी व्यक्त गरे ।
सो समारोहमा विकासमा पार्टी निर्माणको प्रश्न पुस्तिका कार्यक्रमका प्रमुख अतिथि एमाले वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले विमोचन गरे । उनले पार्टीको जनकार्य विभागले गरेको सम्मान कार्यको प्रशंसा गरे ।
कार्यक्रममा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, उपाध्यक्ष निरक गुरुंग, उपसचिव प्रमोद धिताल, जिल्ला कमिटी सदस्य डम्बर थापा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विभागका सदस्य खेमराज शर्माले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

suchana

११ माघ २०७३, मंगलवार १३:५४