२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

चितुवाको छालासहित एक पक्राउ



सदरलाइनडटकम
१९ पुस, नेपालगन्ज : दैलेखका बलबहादुर शाही चितुवाको छालासहित बर्दियाको अम्बासामा प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई नेपाल प्रहरीको क्षेत्रीय अनुसंन्धान व्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
क्षेत्रीय अनुसंधान व्यूरोबाट प्रहरी सहायक निरिक्षक संञ्जीव केसीको कमाण्डमा खटेको टोलीले बर्दियाको अम्बासाबाट १ थान चितुवाको छालासहित दैलेख सातताला घर भएका शाहीलाई मंगलबार साँझ साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
चितुवाको छाला सहित प्रहरी नियन्त्रणमा रहेका शाहीलाई थप अनुंधान गर्नको लागि बरामद छालासहित ईलाका प्रहरी कार्यालय भुरी गाउमा बुझाएको प्रहरी सहायक निरिक्षक केसीले जानकारी दिए ।  फाईल फोटो 

प्रकाशित मिति : २०७३ पुस १९ गते मंगलबार
ताजा समाचार