हैजाबिरुद्धको खोप ९५ प्रतिशतले मात्र

२३ मंसिर २०७३, बिहीबार ०८:५०
 

सदरलाइनडटकम, img_0130
२३ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका र दुई गाविसमा संचालन भएको पहिलो चरणको हैजाविरुद्धको खोप अभियानमा करिव ९५ प्रतिशतले लिएका छन् । नेपालगन्ज उप–महानगरपालिकाको वडानम्बर ५, सोनपुर र उढरापुरमा गाविसमा मंसिर १४ देखि मंसिर १८ गते शनिबारसम्म चलेको सो अभियानमा २५ हजार ६ सय १४ जनाले हैजाबिरुद्धको खोप खाएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।    बाँकेका जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले दिएको जानकारी अनुसार अभियानमा २७ हजारलाई हैजाबिरुद्धको खोप खुवाउने कार्यक्रम तय भएको भए पनि करिब ९५ प्रतिशतले मात्र खोप खाएको जानकारी दिए । उनले खोप खुवाउने संगै स्वास्थ्य र सरसफाईको कार्यक्रमलाई पनि ती ठाँउमा लैजाने योजना रहेको जानकारी गराए ।


जनस्वास्थ्य बाँकेका फोकलपर्शन रामबहादुर चन्दले दिएको जानकारी अनुसार नेपालगन्ज उप–महानगरपालिकाको वडानं. ५ मा ६ हजार ८ सय १०, सोनपुरमा ८ हजार ४६ र उढरापुरमा १० हजार ७ सय ५८ जनाले अभियानमा खोप लिएका छन् । जनस्वास्थ्यको तथ्याङ्क अनुसार हैजाबिरुद्धको खोप १ हजार ३ सय ८६ जनाले नखाएको उल्लेख छ ।
काम विशेषले घर बाहिर भएका कारण उनीहरु खोप खुवाउने अभियानमा सहभागि हुन नसकेको प्रारम्भिक अध्ययनले रहेको भए पनि खोपमा सहभागि नभएकाहरुको यकिन तथ्य खोजि गरि दोस्रो चरणको खोप कार्यक्रममा सञ्चालन गरिने फोकल पर्शन चन्दले बताए ।
रोटरी अन्तराष्ट्रिय र रोटरी नागार्जुन काठमाण्डौको सहयोगमा कोरीयन रोटरीले उपलब्ध गराएको हैजाविरुद्धको खोप खुवाउने अभियानसँगै ती गाविस र नगरका वडामा जनचेतना र सरसफाईयुक्त कार्यक्रम पनि अघि बढाइएको जनस्वास्थ्यले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्य, रोटरी कोरियाको टिम लगायतले बाँकेमा संचालन गरिएको अभियानको स्थलगत अनुगन गरी कार्यक्रम प्रभावकारी भएको बताए । जनस्वास्थ्य बाँकेका फोकलपर्सन चन्दका अनुसार दोस्रोचरणमा पुस २ देखि ६ गतेसम्म अभियान संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक सावरीका साधनमा लैङ्गिक हिंसाबिरुद्धको स्टिकर टाँसेर सचेतना फैलाउदै (फोटोसहित)

२३ मंसिर २०७३, बिहीबार ०८:५०
सदरलाइनडटकम, २४ मंसिर, नेपालगन्ज : सचेतना नै सबै भन्दा ठूलो उपचार भएकोले बाँकेलाई लैङ्गिकहिंसा रहित जिल्ला बनाउनको लागि विभिन्न सरोकारवाला निकायले लैङ्गिक हिंसाबिरुद्धको सचेतना मूलक गतिविधीलाई तीब्र पारिएको छ । लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत नेपालगन्जबाट विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरुमा लैङ्गिक हिंसाबिरुद्धको सचेतनामूलक स्टिकर टाँस गरी […]