२०८३ कात्तिक १४ , शुक्रबार
Sadarline
२०८३ कात्तिक १४ , शुक्रबार

बाँके राप्तीसोनारी र नरैनापुरका किसानलाई धान भित्र्याउने चटारो



नेपालगञ्ज : मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको संभावनाको सूचना प्रवाह गरेपछि बाँकेको राप्तिसोनारी र नरैनापुरका किसानहरुलाई धान  भित्र्याउने  चटारो  छ । खेतमा पहेलपुर भएको धान काट्ने र थ्रेसर लगाएर दाउने चटारो भएको हो ।

दशै सकिएसंगै बाँकेको राप्तिसोनारी र नरैनापुरका किसानहरुलाई धान भित्र्याउने चटारो छ । मौसम पूर्वानुमान महाशाखाले आउदो विहीबारसम्म भारी वर्षात हुने संभावनाको सूचना जारी गरेपछि खेतमा पहेलपुर भएको धान काट्ने भित्र्याउने चटारो भएको राप्तीसोनारी ७ का दुर्गाप्रसाद पण्डेले बताए ।

उनले काटेको धान खेतमै भिज्ने डर भएकै बेलामा अरु धान काट्न के गर्ने भन्ने चिन्ता बढेको बताए । उनले भने–‘ काटौ भने पनि खेतमै डुब्ने नकाटौ त खेतमा पानी भरिएर पाकेको धान खेतमै उम्रने बडो दोधारमा परेका छौ ।’

बाँके नरैनापुर–६ का किसान सिताराम गुप्ताले पानी पर्नसक्ने सुचना पाएर वर्षभरी खाने धान काटेर भित्र्याउन लागेको बताए । उनले खेतमा पानी भरिदा धान काट्न र धानको बाला जोगाउन समस्या हुने भएकोले चाँडै काटेको बताए ।

मौसमा आउने परिवर्तनले आफुहरु जस्ता किसानको दिनाचर्यामा प्रभाव पार्ने भएकोले खेतमै धान काटेसंगै थ्रेसर लगायर झारिएको राप्तीसोनारी गेदवाका रामलाल मौर्यले जानकारी दिए ।

बाँकेको ८ पालिका मध्य राप्तीसोनारी र नरैनापुरमा चाँडो रोपाई हुने चाडै धान भित्र्याउने गरिन्छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाको कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुँदै आएको छ । यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार
ताजा समाचार