सदरलाइनडटकम
१६ कात्तिक, नेपालगन्ज : नेपालगन्जमा पटाका पट्काउने क्रममा नेपालगन्जमा ४ जना बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नेपालगन्ज–१६ बेलासपुरमा साँझ करिव साढे छ बजे पटाका पड्काउने क्रममा उनीहरु घाइते भएका हुन ।
घाइते हुनेहरुमा १४ बर्षिय अदिन खान, ११ वर्षिय विश्वास यादव, १२ वर्षिय अमन पठान र १२ वर्षिय साइद खान रहेका छन् । उनीहरुको अनुहार हात खुट्टामा चोट लागेको छ । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार हुँदै छ ।
बाँके प्रहरीले पटाकाका कारण हुनसक्ने संभावित दुर्घटनालाई निस्तेज पार्नको लागि पटाका नियन्त्रण अभियान पनि तीब्र पारेको छ । प्रहरीले विभिन्न स्थानबाट अबैध रुपमा विक्रि बितरणको लागि राखिएका पटाका नियन्त्रणमा लिएर नष्ट समेत गरेको छ ।
Next Post
सडक दुर्घटनामा एकको मृत्यु एक घाइते, अवस्था गम्भीर
१६ कार्तिक २०७३, मंगलवार ०३:५१
सम्बन्धित
-
२६ माघ २०८०, शुक्रबार १३:२७
डुडुवाको १५औँ गाउँसभा सम्पन्न
-
२४ श्रावण २०७५, बिहीबार १९:३३
सिक्टामा छानविन समिति
-
१६ असार २०७६, सोमबार १७:२३
शिक्षामा सुधारका लागि नरैनापुर सक्रिय हुँदै
-
२६ श्रावण २०७९, बिहीबार १५:३८
यातायातका नायब सुब्बाहरुको आन्दोलन जारी, काम सुचारु
-
५ असार २०७८, शनिबार १९:३२
मटेहियामा ईप्रका भवनको शिलान्यास
-
२६ बैशाख २०८०, मंगलवार १४:२८
लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे