भन्सार कडाइले बाँकेका किसानद्वारा उत्पादित तरकारीको माग बढ्दो

सदरलाइन संवाददाता ३१ भाद्र २०८३, बुधबार १९:०७
 
समाचार सारांश
Generated Using AI
  • भारतबाट आयात हुने तरकारीमा भन्सार कडाइ भएपछि बाँकेका किसानले खेतबारीमै उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्।
  • बजार सुनिश्चित भएपछि खजुरा, हिरमिनिया, भवानीयापुर, परसपुर, बसुदेवपुर, पुरैनीलगायत क्षेत्रमा व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ।
  • बाँकेमा ६ हजार ३ सय ५२ हेक्टरमा वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुँदै आएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ । भारतबाट आयात हुने तथा अनाधिकृत भित्र्याईने सागसब्जी भन्सारमा कडाइ गरिएपछि किसानको उपजले मुल्य पाउन थालेको हो ।

मूल्य राम्रो पाउन थालेपछि बाँकेको खजुरा क्षेत्र, डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती बढाउँदै गएका छन् ।

गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको जानकी–३ का रसिद बागवानले बताए । ‘पहिले सागसब्जी बिक्री गर्न टाढाटाढा पुग्नुपथ्र्यो, अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्’–उनले भने ।

भारतबाट आउने सागसब्जीको भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको नेपालगञ्जको रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताईन ।

उनका अनुसार नेपालगञ्जको रानीतलाउ बजारमा अहिले अधिकांश बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो । भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन् ।

भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेको नेपालगञ्जस्थित रानी तलाउ थोक तरकारी मण्डीका थोक व्यवसायी मोहियुद्दिन राईले बताए ।

पछिल्लो समयमा बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका हुन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिईन ।

बाँकेमा छ हजार ३ सय ५२ हेक्टर जमिनमा वार्षिक १३ हजार भन्दा बढी मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ ।

पछिल्लो समय नगदे बालीका रूपमा सागसब्जी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको शर्माले दाबी गरिन । कृषि ज्ञान केन्द्रका अनुसार यतिबेला नेपालगञ्जको बजार बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानीलगायत कृषि उपजले धानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश लोकसेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

३१ भाद्र २०८३, बुधबार १९:०७
समाचार सारांश Generated Using AI भारतबाट आयात हुने तरकारीमा भन्सार कडाइ भएपछि बाँकेका किसानले खेतबारीमै उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्।बजार सुनिश्चित भएपछि खजुरा, हिरमिनिया, भवानीयापुर, परसपुर, बसुदेवपुर, पुरैनीलगायत क्षेत्रमा व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ।बाँकेमा ६ हजार ३ सय ५२ हेक्टरमा वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी तरकारी […]