श्रीमदन बाबा भक्ति केन्द्रद्वारा विपतमा परेकालाई ३ लाख सहयोग

बेपत्ता भएकालाई खोजीका लागि ४० हजार उपलब्ध

सदरलाइन संवाददाता १५ भाद्र २०८३, सोमबार १९:४६
 
समाचार सारांश
Generated Using AI
  • श्रीमदन बाबा भक्तिकेन्द्रले विपद्मा परेकालाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ३ लाख जम्मा गरेको छ।
  • रसुवाको चाइना हाइड्रोपावर ड्याम साइटबाट बेपत्ता बारबर्दिया–१ का आशिषकुमार थारुको खोजीका लागि भक्तिकेन्द्रले रु. ४० हजार सहयोग गरेको छ।
  • त्यसैगरी कैलालीका सुवास रावलसहित रसुवामा बेपत्ता भएका सबैको शीघ्र खोजी गर्न भक्तिकेन्द्रले अपिल गरेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  श्रीमदन बाबा भक्ति केन्द्रद्वारा विपतमा परेकालाई सहयोग प्राप्त होस भनेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद ३ लाख जम्मा गरिएको छ ।

सद्गुरुदेव श्रीमदन बाबासहित श्रीमदन बाबा भक्तिकेन्द्रका अनुुययीहरुले रकम जम्मा गरि विपतमा परेका सदस्य एवं परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको भक्ति केन्द्रका केन्द्रीय अध्यक्ष शारदा तिवारीले जानकारी दिईन ।

यसै भक्ति अभियानमा आवद्ध रहेका बारबर्दिया–१ जमुनिया बर्दियाका मानबहादुर थारुका छोरा आशिषकुमार थारु पनि चाइना हाइड्रो पावर ड्याम साइड रसुवामा कार्यरत हालसम्म वेपत्ता भएकाले उनको खोजीका लागि पनि सद्गुरुदेव श्रीमदन बाबाको निर्देशनमा रु ४० हजार भक्ति केन्द्रले सहयोग गरेको बताइएको छ ।

त्यसैगरि कैलाली जिल्ला घर भई हाल एनएमबि बैक रसुवामा कार्यरत सुवास रावल पनि वेपत्ता भएकोले उनीहरु लगायत वेपत्ता भएका सम्पुर्णको खोजीका लागि श्रीमदन बाबा भक्तिकेन्द्रले अपिल गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित