बर्दियामा सञ्चालनमा रहेको १० दिने समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन

सदरलाइन संवाददाता ९ भाद्र २०८३, मंगलवार १९:५४
 
समाचार सारांश
Generated Using AI
  • बर्दियामा प्लान इन्टरनेसनल नेपालको सहकार्यमा बी–गु्रप र सशस्त्र प्रहरी बल नं. ३१ गणको आयोजनामा १० दिने समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न भएको छ।
  • तालिममा बर्दियाका सात पालिकाबाट ३/३ जना र गुलरियाबाट ४ जनासहित २५ जना सहभागी भएका थिए।
  • तालिमपछि पानी तथा आगोजन्य विपद्मा समुदायबाटै उद्धार तथा प्रतिकार्य गर्न सकिने अभ्याससहित संयुक्त कृत्रिम घटना नमुना अभ्यास गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया :  प्लान ईन्टरनशनल नेपालसगको सहकार्यमा बी–गु्रप नेपालगञ्जले जिल्ला तथा स्थानीय विपद समिति बर्दियाको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नंं ३१ गण हेडक्वटर बर्दियाले १० दिने समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन तथा संयुक्त घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालयको २०८१ सालको समुदाय विपद स्वयम् सेवक परिचालन सम्बन्धी कार्यविधी अनुसार विपदको उच्च जोखिममा रहेका समुदायमा विपद् प्रतिकार्यको समयमा परिचालन गर्न सकिने स्वयम् सेवक उत्पादनका लागि सशस्त्र प्रहरी बल नेपालले १० दिनको तालिम पाठ्यक्रम तयार गरेको अनुसार स्वयम् सेवक तयार पारिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी नायब उपरिक्षक संगीत भट्टले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३१ हेडक्वाटर बर्दियामा सञ्चालन तालिममा १० दिन समुदाय विपद स्वयंसेवकलाई पानी जन्य, आगोजन्य विपदबाट कसरी समुदायलाई जोगाउने भन्ने विषयमा घटना अभ्यास कार्यक्रम गरिएको हो ।

सो आवसरमा साझेदार संस्था बिग्रपका अध्यक्ष डा. ईन्द्रबहादुर भण्डारीले यस्ता तालिमले समुदायमा विपदको बेलामा उद्दारका लागि समुदायबाटै पहिलो रेस्पोन्स गर्ने जनशक्ति उत्पादन हुने र तालिममा सिकेको सिप समुदायको हितमा प्रयोग गर्न सुझाव दिए ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद प्रतिकार्य समिति बर्दियाका संयोजक गोगनबहादुर हमालले बर्दिया विपदका हिसाबले जोखिम युक्त ठाउभएकोले यस्ताखालका तालिमले समुदायलाई उद्दार र जोखिमको बारेमा सचेत बनाउने बताए ।

तालिममा सातवटा पालिकाबाट ३÷३ जना र गुलरियाबाट ४ जना गरी जम्मा २५ जना सहभागी थिए । तालिमको समापनसँगै जिल्ला तथा पालिकाका सबै सरोकारवालाको सहभागितामा कृत्रिम घटना नमूना अभ्यास गरिएको थियो ।

 

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *