समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असार मसान्तसम्म बालमैत्री नगर घोषणा गर्ने लक्ष्यसहित नगरस्तरीय योजना तर्जुमा बाल भेला सम्पन्न गरेको छ।
- भेलामा बालबालिकाका आवश्यकता र समस्याका आधारमा २४ वटा प्राथमिकताका विषय समेटेर आगामी आर्थिक वर्षका लागि योजना तयार गरिएको छ।
- कार्यक्रममा २३ वटै वडाका बालक्लब प्रतिनिधिहरू सहभागी भई बालबालिकाको निर्णय प्रक्रियामा सहभागिता र बालमैत्री शासनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा बालमैत्री शासन सञ्चालनको लागि नगरस्तरिय योजना तर्जुमा बाल भेला गत शनिबार सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरलाई विक्रम संवत २०८३ असार मसन्तसम्म बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले बालमैत्री शासनका विभिन्न सूचक अन्तरगत नगर स्तरिय योजना तर्जमा बाल भेला आयोजना गरिएको हो ।
नेपालगञ्ज उपमहानगरलाई बालमैत्री नगर घोषणाको उद्देश्य अनुरुप गत शनिबार नेपालगञ्जमा नगरस्तरिय योजना तर्जुमा बाल भेला आयोजना गरि आगामी आर्थिक वर्षका लागि बालबालिकाको आवश्यकताको पहिचान गरी योजना बनाइएको नगरस्तरिय बालक्लब सञ्जालका उपाध्यक्ष नन्दनी सिंहले बताईन ।
सोही भेलामा सहभागी नगरस्तरिय बालक्लव सञ्जालका सचिव हर्षित पाण्डेले भेलाले बालबालिकाका क्षेत्रमा विभिन्न २४ बुदालाई प्राथामितामा राखेर कार्यन्वयनका लागि पठाईएको बताए ।


उनले भने–‘ पहिला हामीबीच बिभेद, बालबिबाह, अशिक्षा, रुढिबाढी परम्पराले जकडेको थियो तर, अब समय परिबर्तन भएको छ । हामी पनि हाम्रो समस्या पहिचान गर्न सक्ने भएका छौ साथै हामीनै समाधानको बाटो पनि खोज्न सक्ने भएका छौ ।’
नेपालगञ्ज उपमहानगरले बाल मनोभावना अनुरुपको योजना निर्माणको लागि यस्ता भेलाको आयोजना गरि उनीहरुलाई निर्णयक तहमा पुराउने गरिदै आएका छ । नगरबाल सञ्जालकी सदस्य साक्षी गढले समस्या र समाधान पहिचन गरि चित्र तथा विभिन्न आकृत्रीमार्फत समाधानको खेज्ने प्रयास गरेको बताईन ।
नेपालगञ्ज उपमहानगर कार्यपालिका सदस्य कुमारी पुष्पा सिंहलगायत नेपालगञ्ज उपमहानगरका २३ वटै वडामा रहेका बालक्लव सञ्जालका प्रतिनिधि सहभागि रहेका थिए ।

