समाचार सारांश
- बर्दियाको गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोक सेवा तयारी कक्षा सम्पन्न भएको छ, जसमा स्थानीय युवाहरूलाई सरकारी सेवामा प्रवेशका लागि आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो।
- समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष जमान सिंह केसी ले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए।
- कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र तथा लोकसेवा सम्बन्धी पुस्तक वितरण गरिएको थियो भने बास नेपाल ले सहजीकरण गरेको उक्त कक्षा लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको थियो।

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ ।
गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको समापन गरिएको हो ।
३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको समापन सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उक्त तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए ।
स्थानीय युवाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले स्वदेशमै रोजगारी दिलाउन र सरकारी जागिरमा प्रबेश गर्न मद्धत पुग्ने हेतुले आयोजना गरिएको सहभागीहरुलाई ईन्गित गर्दै अध्यक्ष केसीले बताए ।

त्यसैगरी कार्यक्रममा बाल्दै लोकसेवा तयारी कक्षा सहजीकरण संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानिय सरकारले आफ्ना युवाहरुलाई स्थानीय स्तरमै लोक सेवाको तयारी कक्षाको ब्यवस्था गरेकामा धन्यवाद दिए ।
गाँउबाट त्यहि कक्षा लिन देशका बिभिन्न शहरमा गएर पढ्नु पर्ने बाध्यताको अन्त्य गरी आफ्नै गाउँठाउँमा पढ्न पाउनु सहभागीहरुको लागि अवसर भएकाले यो अवसरको सही सदुपयोग गर्न सहभागीहरुलाई सुझाए ।
सहभागी बिद्यार्थीहरुको तर्फबाट प्रतिक्रिया भनाई राख्दै सनिश थारुले आफ्नै गाउँमा पढ्न पाउने वातावरण उपलब्ध गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिए । तालिमबाट लोकसेवाको लागि महत्वपुर्ण टिप्सहरु प्राप्त भएकोमा खुशी ब्यक्त गरे ।

तालिमका सहभागीहरुलाई पालिका पालिका अध्यक्ष, उपाध्यक्षबाट प्रमाणपत्र र लोकसेवाका किताबहरु बितरण गरिएको थियो । कार्यक्रममा गेरुवा गाउापालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक बिकास संयोजक तथा गेरुवा गाउापालिका वडा नम्बर ३ का अध्यक्ष निमृल कुमार चौधरी, बास नेपालका केन्द्रीय महासचिव कलपना अधिकारी, गेरुवा गाउँपालिकाका लेखा अधिकृत सुदिप सिग्देल लगायतको सहभागीता रहेको थियो ।

