बाँकेमा लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक अव विस्तार हुने चरणमा

सदरलाइन संवाददाता २७ जेष्ठ २०८३, बुधबार १४:५२
 
समाचार सारांश
Generated Using AI
  • लामो समयदेखि अलपत्र रहेको हुलाकी सडकअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्म सडक विस्तारको प्रक्रिया अघि बढेको छ, जसका लागि २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।
  • दाङ, बाँके र बर्दियामा कुल ७५ किलोमिटर सडक तथा ३७ वटा पुल निर्माण गर्ने योजना रहेको छ भने काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सडक निर्माणपछि ग्रामीण क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, व्यापार र यातायात पहुँचमा सुधार भई क्षेत्रीय विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

राप्तीसोनारी (बाँके) : लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक अव विस्तार हुने भएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना राप्तीसोनारी–१ खोकरी हासबाससम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये बाँकेमा करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण गरिने बताए । यसैगरी दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित निमार्ण गर्नको लागि कुल २९ अर्ब स्रोत सुनिश्चत भएको उनले जानकारी दिए ।

कार्यालय प्रमुख भण्डारीले भने–‘सडकका लागि टेण्डर हुने प्रक्रियामा छ । परियोजनामार्फत अबको तीन वर्षमा दाङ, बाँके र बर्दियामा काम सम्पन्न हुनेछ । यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ । यसको मूल उद्देश्य नै जिल्ला सदरमुकाममा पूर्वदेखि पश्चिमसम्म जोड्ने हो, जसले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ ।’

सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ । रुखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ । निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ ।


हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको समाजसेवी तथा नेपाली काग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताए ।

उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालाको सपनाको सडक अब निर्माण हुने पक्का भएको बताए । उनले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि यहाँका ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा त्यहाँका जनताको जीविकोपार्जनमा निकै सघाउ पुग्ने बताए । ‘सडक बनेपछि आर्थिक तथा सामाजिक रुपमा यो क्षेत्रको कायापलट हुने विश्वास छ’, उनले भने ।

राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए । उनले सडक बनेमा ग्रामीण क्षेत्रका कृषिउपजको बजारीकरण, शिक्षा, स्वास्थलगायत सेवामा पहुँच विस्तार हुने बताउदै जिल्ला सदरमुकाम नेपालगञ्जसंग जोड्ने छोटो बाटो हुने कुरामा जोड दिए ।

यसैबीच सो सडकको लागि स्रोत सुनिश्चित भएपछि हुलाकी सडक आयोजना, स्थानीयबासी र पत्रकारलयातको टोलीले स्थलगत अनुगमन गरेको छ । कुसुमको झुलुङ्गे पुल तरेर भम्का हुँदै उनीहरुको टोली बैजापुरसम्म प्रस्तावित सडकमा पैदल हिडेको स्थानीय गहेन्द्र कुमार खड्काले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका सशक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण

२७ जेष्ठ २०८३, बुधबार १४:५२
समाचार सारांश Generated Using AI लामो समयदेखि अलपत्र रहेको हुलाकी सडकअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्म सडक विस्तारको प्रक्रिया अघि बढेको छ, जसका लागि २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।दाङ, बाँके र बर्दियामा कुल ७५ किलोमिटर सडक तथा ३७ वटा पुल निर्माण गर्ने योजना रहेको छ भने काम […]