लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता : अन्तरप्रदेश सहकार्यमा जोड

सदरलाइन संवाददाता ८ जेष्ठ २०८३, शुक्रबार १९:०४
 
समाचार सारांश
Generated Using AI
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
  • भेटमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
  • साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, चालु योजनाको समीक्षा र प्रभावकारी कार्यान्वयनबारे पनि सुझाव आदानप्रदान गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा संघीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल हुनुका साथै अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हो ।


भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो ।

प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेर मात्र आगामी योजना अघि बढाउन सुझाव दिए । उनले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए ।

भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफल सुरु

८ जेष्ठ २०८३, शुक्रबार १९:०४
समाचार सारांश Generated Using AI लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, चालु योजनाको समीक्षा र प्रभावकारी कार्यान्वयनबारे पनि […]