नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण शिबिर सम्पन्न

सदरलाइन संवाददाता ५ जेष्ठ २०८३, मंगलवार १३:००
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरबाट फैलिन सक्ने रेबिज नियन्त्रणका लागि ४ दिने बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
  • शिविरमा २ सय ८१ कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप, रेडियम बेल्ट तथा आवश्यक उपचारपछि पुनः छाडिएको हो ।
  • उपमहानगरले यस अभियानले रेबिज नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने जनाएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक कुकुरबाट फैलनसक्ने रेबिज जन्यरोग नियन्त्रणका लागि नगरमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिबिर सम्पन्न भएको छ ।

सामुदायिक कुकुरलाई बन्ध्याकरण गरि रेबिज बिरुद्धको खोप र सडक दुर्घटनाबाट जोगाउन रेडियम बेल्ट लगाएर छाडेको नेपालगञ्ज उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिईन । सो बन्ध्याकरणमा भालेकुकुर र पोथी कुकुरको बन्ध्याकरण गरिएको उनले बताईन ।

यस कार्यका लागि उपमहानगरपालिकाले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा ४ दिने सामुदयिक कुकुर बन्ध्याकरण शिबिर सञ्चालन गरिएको उनले बताईन ।

सो बन्ध्याकरणमा सक्रिय पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेका प्रमुख तथा पशु चिकित्सक डा. शुर्दशन भट्टराईले विहान नगरका विभिन्न स्थानमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभरी समातिएका सामुदायिक कुकुरको बन्ध्याकरण गरेर समाते कै स्थानमा छोड्ने गरेको बताए ।


उनले सामुदायिक कुकुरहरुमा लुतो, किर्ना, उपियाँ, तथा बिभिन्न खालका टिउमर जन्य समस्या देखिएको बताए । बन्ध्याकरणको बेलामा सामुदायिक कुकुरहरु देखिएका समस्याको उपचार गरको जानकारी दिए ।

भेटनरी अस्पताल तथा विज्ञ सेवाकन्द्र नेपालगञ्जका निमित्त प्रमुख डा गणेश बहदुर पुनले नेपालगञ्ज उपमहानगरले सामुदायिक कुुकुरलाई एन्टिरेबिज भ्याक्सिन, रेडियम बेल्ट लगाउदै र बन्ध्याकरण गरेर छाड्ने कार्यक्रमले रेबिजबाट जोगिन सहज भएको बताए ।

उपमहानगरले सामुदायिक कुकुरलाई उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिईएका २ सय ८१ सामुदायिक कुकुरको बन्ध्याकरण, रेबिज बिरुद्धको भ्याक्सिन र रेडियम बेल्ट लगाई छाडिदा रेबिजबाट जोगिनुको साथै सामुदायिक कुकुरका कारण हुने सडक दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *