संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैन : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ३० चैत्र २०८२, सोमबार १९:४४
 
समाचार सारांश
Generated Using AI
  • दाङमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्।
  • तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसमा उनले संविधानअनुसार प्रदेश र स्थानीय तह स्वायत्त भएको स्पष्ट पारे।
  • संघीय सरकारसँग समन्वय आवश्यक भए पनि ठाडो निर्देशन स्वीकार्य नहुने भन्दै उनले हाल बढ्दो हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण गराए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका छन ।

तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको स्पष्ट पारे ।

उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताउदै भने–‘संविधानले निर्दिष्ट गरेका हक अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन ।’

मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गरे ।


उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ‘यदि समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नु पर्ने अवस्था आउन सक्छ,’उनले चेतावनी दिदै भने ।

राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै उनले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पु¥याउने अग्रज तथा सामाजिक अभियन्ताहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

उनले तुलसीपुरको विकास अग्रजहरुको योगदानका कारण सम्भव भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका थिए । संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको उल्लेख गर्दै पछिल्लो ७–८ वर्षको उपलब्धिको समग्र मूल्यांकन आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा नगरवासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइयो

३० चैत्र २०८२, सोमबार १९:४४
समाचार सारांश Generated Using AI दाङमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्।तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसमा उनले संविधानअनुसार प्रदेश र स्थानीय तह स्वायत्त भएको स्पष्ट पारे।संघीय सरकारसँग समन्वय आवश्यक भए पनि ठाडो निर्देशन स्वीकार्य नहुने भन्दै उनले हाल बढ्दो […]

सम्बन्धित