समाचार सारांश
Generated Using AI
- आदर्श मावि राँझा केन्द्रमा कक्षा ८ को परीक्षामा उत्तरसहितको प्रश्नपत्र फेला परेपछि परीक्षा रद्द गरिएको छ।
- मुनतारा इंग्लिस मिडियम स्कूलका एक विद्यार्थीबाट उक्त प्रश्नपत्र भेटिएको हो।
- सो केन्द्रका २६० विद्यार्थीले अब बुधबार पुनः परीक्षा दिनुपर्ने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहनगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा सहभागी एक विद्यालयका परीक्षार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको पछि सो परीक्षा केन्द्रको परीक्षा रद्ध गरी बुधबार पुन परीक्षा गरिने भएको छ ।
आदर्श मावि राँझाको परीक्षा केन्द्रबाट परीक्षा दिई रहेको मुनतारा ईग्लिस मिडियम स्कूल राँझाका विद्यार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको हो ।
सो केन्द्रमा सामाजिक विषयको परीक्षा सञ्चालन भएको थियो । ६ वटा विद्यालयका २ सय ६० जना परीक्षार्थी सहभागी रहेका थिए । सो केन्द्रका सबै परीक्षार्थीले बधबार पुन परीक्षा लिने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।


