बाँकेमा ६३.४६ प्रतिशत मत खस्यो

सदरलाइन संवाददाता २१ फाल्गुन २०८२, बिहीबार १९:४३
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६३.४६ प्रतिशत मतदान भएको छ।
  • कुल ३ लाख ५० हजार ३ सय ७१ मतदातामध्ये २ लाख २२ हजार ६ सय ३५ जनाले मतदान गरेका छन्।
  • मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ भने मतपेटिका संकलनपछि आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  :विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा बाँकेमा ६३ दशमलभ ४६ प्रतिशत मत खसेको छ । बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता मध्ये २ लाख २२ हजार ६ सय ३५ ले आफ्नो मत जाहेर गरेका छन ।

क्षेत्रनंं १ मा ४० हजार ३ सय १३ महिला, ३४ हजार ८ सय ८८ पुरुष र अन्य १ गरी ७५ हजार १ सय ९९ मत खसेको छ । यसैगरी ३४ हजार ६ सय ३० महिला, ३७ हजार ९ सय ७८ पुरुष र अन्य गरी ७२ हजार ६ सय ९ मत खसेको छ ।

क्षेत्र नं. ३ मा ४० हजार ५ सय १६ महिला ३४ हजार ४१ पुरुष र १ अन्य गरि ७४ हजार ५ सय ५८ मत खसेको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न भएको बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले जनाकारी दिए ।


मतदान सम्पन्न भएपनि मुचुल्का गरी मतगणना स्थलमा ल्याउने प्रकुया सुरु भएको छ । मत गणनाको लागि बाँके निर्वाचन क्षेत्र नं. १ को राप्तीसोनारी अगैयामा, क्षेत्र नं. २ को भेरी प्राविधिक शिक्षालयमा र क्षेत्रनं ३ को कपास विकास समितिको कार्यालय खजुरामा तयार गरिएको छ ।

सबै स्थानबाट मतपेटिका गणना गर्ने ठाउममा ल्याई पुराएपछि सर्वदलिय बैठक बसेर आजैदेखि गणना गर्न सुरु गर्ने तयारी गरीएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

२१ फाल्गुन २०८२, बिहीबार १९:४३
समाचार सारांश Generated Using AI बाँकेमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६३.४६ प्रतिशत मतदान भएको छ।कुल ३ लाख ५० हजार ३ सय ७१ मतदातामध्ये २ लाख २२ हजार ६ सय ३५ जनाले मतदान गरेका छन्।मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ भने मतपेटिका संकलनपछि आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। […]

ताजा अपडेट