विद्यालयमा शुन्य फोहोर कार्यक्रम प्रभावकारी

सदरलाइन संवाददाता १८ फाल्गुन २०८२, सोमबार १८:४६
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जका विद्यालयहरूमा सञ्चालन भएको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी देखिएको छ, जसले विद्यार्थीहरूमा सकारात्मक व्यवहार परिवर्तन ल्याएको छ।
  • फोहोर वर्गीकरण, Reduce–Reuse–Recycle अभ्यास र वातावरण संरक्षणसम्बन्धी सचेतना वृद्धि भएको पाइएको छ।
  • सरोकारवालाहरूले कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता र थप विद्यालयमा विस्तार गर्नुपर्ने बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्रका बिभिन्न विद्यालयमा सञ्चालित  ‘शुन्य  फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको पाइएको छ ।

कार्यक्रमको प्रभावकारिताको विषयमा गरिएको अनुगमनका क्रममा सरोकारवाला अधिकारीहरूले विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गिकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका छन् ।

द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल) द्वारा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत सञ्चालित विद्यालयमा शुन्य फोहोर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।

अनुगमनमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार वर्मा, महासचिब कल्पना अधिकारी, कार्यकारी निर्देशकनमस्कार शाह, केन्द्रीय सदस्य बसन्ती रोकाय, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा लगायत सहभागी थिए ।

अनुगमनका क्रममा विद्यालयहरूमा कुहिने र नकुहीने फोहोरलाई छुट्याउने व्यवस्था, ‘रिड्युस, रियुज र रिसाइकल’को अभ्यास, प्लास्टिक न्यूिनकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको थियो । कार्यक्रम सञ्चालित श्री देउतादिन माबि, नारायण माबि, धम्बोजी माबि,  सरस्वती माबि, दारुल उलम बर्सतिया माबि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माबिमा अनुगमन गरिएको थियो ।


नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दीगो वातावरणीय अभ्यासको सुरुवात गराएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए ।

शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरका थिए ।

सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले कार्यक्रम मार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताएका थिए ।

कार्यक्रम अन्तर्गत विद्यार्थीलाई फोहोर तथा फोहोर सम्बन्धी अभ्यासहरुको परिचय, फोहोर बर्गिकरण यसको बुझाई, तिन आर बिधि, फोहोरबाट कम्पोष्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरु, बिद्युतीय फोहोर ब्यवस्थापन र फोहोर र जलवायु परिबर्तनको बिषयमा कक्षा सञ्चालन गरिएको छ ।

यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ।विद्यालयमा शून्य फोहोर अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवलपरासी क्षेत्र २ मा राप्रपाका उम्मेवार प्रधान अब्बल रहेकाे समर्थककाे दावी

१८ फाल्गुन २०८२, सोमबार १८:४६
समाचार सारांश Generated Using AI नेपालगञ्जका विद्यालयहरूमा सञ्चालन भएको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी देखिएको छ, जसले विद्यार्थीहरूमा सकारात्मक व्यवहार परिवर्तन ल्याएको छ।फोहोर वर्गीकरण, Reduce–Reuse–Recycle अभ्यास र वातावरण संरक्षणसम्बन्धी सचेतना वृद्धि भएको पाइएको छ।सरोकारवालाहरूले कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता र थप विद्यालयमा विस्तार गर्नुपर्ने बताएका छन्। यो सारांश AI द्वारा सिर्जना गरिएको […]

ताजा अपडेट