समाचार सारांश
- मदर फाउण्डेसनद्वारा आयोजित संवैधानिक अधिकारसम्बन्धी छलफल कार्यक्रममा कुनै पनि उम्मेदवार उपस्थित भएनन्।
- फागुन २१ को निर्वाचनका उम्मेदवारलाई निमन्त्रणा गरिए पनि उनीहरू नआएपछि ढिलो गरी कार्यक्रम सञ्चालन गरियो।
- आयोजकले उम्मेदवारहरूले आफ्ना धारणा सार्वजनिक गर्न नचाहेको आरोप लगाएका छन्।

नेपालगञ्ज : आउदो प्रतिनिधि साभा निर्वाचनमा धार्मिक र सास्कृतिक अधिकार जस्ता संवैधानिक मौलिक अधिकारको बारेमा उम्मेदवारहरुको राजनीतिक प्रतिबद्धताका बारेमा छलफल कार्यक्रममा कुनै पनि उम्मेदवार उपस्थित भएनन् ।
मदरफाउण्डेसनको आयोजनामा भएको सो कार्याक्रममा फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारलाई वक्ताको रुपमा निम्त्याईएको भए पनि कुनै पनि उम्मदवार सो कार्यक्रममा उपस्थित नभएको फाउण्डेसनका अध्यक्ष तथा पूर्व न्यायाधिश डा. सलाहुद्दीन सिद्दिकीले जानकारी दिए ।

१० बजेको समयमा सञ्चालन हुने कार्यक्रम करिव १२ बजे सम्म पर्खदा पनि उम्मेदवार नआए पछि कार्यक्रम सुरु गरिएको बताए । उनले संबैधानिक अधिकारका बारेमा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु आफ्ना धारणा सार्वजनिक गर्न नचाहेर कार्याक्रममा उपस्थित नभएको आरोप लगाए ।
कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु सहभागी भएको कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण गोपाल टंण्डन, विश्व हिन्दू परिषदका कृष्णमुरारी शर्मालगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।


