निर्वाचन सुरक्षाका लागि सीमामा कडाइः १८ गतेदेखि नाका बन्द हुने

सदरलाइन संवाददाता १३ फाल्गुन २०८२, बुधबार १८:३४
 
समाचार सारांश
Generated Using AI
  • भारतसँग जोडिएका बाँकेका सबै सीमा नाका निर्वाचनका लागि ७२ घण्टा बन्द गरिने भएका छन्।
  • फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत रोकिँदा सवारी सञ्चालनमा पनि कडाइ गरिनेछ।
  • अत्यावश्यक सेवाबाहेक अन्य सवारी निषेध गर्दै सुरक्षा व्यवस्था कडा पारिने प्रशासनले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको हो ।

प्रशासनको सूचना अनुसार फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने छन् ।


सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।

यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।

एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ्गद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार कोइरालालाई मतदाताको सुझाव

१३ फाल्गुन २०८२, बुधबार १८:३४
समाचार सारांश Generated Using AI भारतसँग जोडिएका बाँकेका सबै सीमा नाका निर्वाचनका लागि ७२ घण्टा बन्द गरिने भएका छन्।फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत रोकिँदा सवारी सञ्चालनमा पनि कडाइ गरिनेछ।अत्यावश्यक सेवाबाहेक अन्य सवारी निषेध गर्दै सुरक्षा व्यवस्था कडा पारिने प्रशासनले जनाएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज […]

ताजा अपडेट