समाचार सारांश
- गगनकुमार थापा फागुन १४ गते चुनावी सभाका लागि नेपालगञ्ज आउने भएका छन्।
- उनले नेपाली काँग्रेसद्वारा जानकी गाउँपालिकामा आयोजना हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
- होटल पौवा नजिक आयोजना हुने र यसमा केन्द्रीय नेतासहित स्थानीय उम्मेदवार तथा कार्यकर्ताको सहभागिता रहनेछ।

नेपालगञ्ज : नेपाली काँग्रेसका सभापति गगनकुमार थापा चुनावी सभाका लागि फागुन १४ गते नेपालगञ्ज आउदै छन् ।
सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

बाँकेको जानकी गाउँपालिका वडानं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्पmको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।
वृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारलगायत पार्टीका अन्य जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।


