
नयाँ दिल्ली : विश्वभर युद्ध र विनाशको बीचमा, पत्रकार र पत्रकारिताले मात्र परिवर्तन ल्याउन सक्ने कुरामा जोड दिईएको छ । त्यसैले सार्क पत्रकार मञ्चले विगत छ वर्षदेखि शान्ति निर्माणमा मात्र आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सार्क पत्रकार मञ्च भारत च्याप्टरको एकमात्र उद्देश्य दक्षिण एसियाली देशहरूमा शान्ति र विश्वमा विकासको दिगोपनलाई प्रवद्र्धन गर्ने सरकार र संस्थाहरूसँग उभिनु हो ।
जब जब युद्धको अवस्था सिर्जना हुन्थ्यो, सार्क पत्रकार मञ्चले सरकारहरूलाई अपील गथ्र्यो कि युद्ध कुनै पनि समस्याको समाधान होइन र यसलाई तुरुन्तै बन्द गरिनुपर्छ ।

सार्क पत्रकार मञ्च भारतका अध्यक्ष सुधांशु अनिरुद्धले युद्धले कुनै पनि समस्याको समाधान गर्न नसक्ने र युद्ध कुनै पनि समयमा विकल्प हुन नसक्ने बताए । ‘युद्धले विनाश मात्र ल्याउँछ । हामीले युद्धबाट बच्नुपर्छ, र हामी पत्रकारहरूले युद्धलाई ग्ल्यामरको रूपमा होइन तर यसलाई भयावह रूपमा हेर्नुपर्छ ।’
उनले पत्रकारहरूले आफ्नो आचासंहित पालन गर्दै भड्किलो समाचार भन्दा यथार्थ परक समाचार रिर्पोटिङ्ग गर्न अनुरोध गरेका छन् । आफ्नो सकारात्मक पत्रकारिता मार्फत, पत्रकारहरूले शान्तिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिए ।
सार्क जर्नालिष्ट फोरमले यस दिशामा काम गरिरहेको बताउदै र पत्रकारहरूको कल्याणको लागि काम गर्नुका साथै विश्व कल्याणमा पनि भूमिका खेल्न तयार भएको बताए । भारती विद्यापीठ इन्स्टिच्युट अफ कम्प्युटर एप्लिकेसन म्यानेजमेन्टमा आयोजना हुने यो कार्यक्रमले शान्तिको पनि लक्ष्य राखेको छ ।


