चिसोका कारण बाँकेको खजुरामा विद्यालय बन्द

सदरलाइन संवाददाता ८ पुष २०८२, मंगलवार १९:०३
 

नेपालगञ्ज :  अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ ।

पुस १० गते क्रिसमसको विदा रहेको छ । पालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस ९ र ११ गते पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।


शिक्षा शाखा प्रमुख मल्लले भने, “आम अभिभावकको आग्रहका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।” अत्यधिक जाडो र शीतलहरका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ ।

बाँकेमा मङ्सिर अन्तिम सातादेखि विहानै बाक्लो हुस्सु र शीतलहर चलेपछि जन जीवन प्रभावित हुँदै आएको छ । हवाइ उडान प्रभावित तथा अनियमित हुने गरेको छ । अत्यधिक चिसोबाट बच्न मानिसहरु आगो तापेर बसिरहेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहमा समेत अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न अभिभावकले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानलाइ सखरखण्ड खन्न भ्याइनभ्याइ, बगरमै पुग्छन् व्यापारी

८ पुष २०८२, मंगलवार १९:०३
   नेपालगञ्ज : बाँकेको राप्ती नदीबगर(सिधिनियाघाट)मा लगाईएको सखरखण्डको विक्रि खेतबाटै हुन थालेपछि किसान उत्साहित छन् । बाँकेको राप्ती नदीबगर(सिधिनियाघाट)मा लगाईएको सखरखण्ड फत्तेसिंह चौधरीले ६० रुपैंँया प्रतिकिलो विक्रि गरिरहेका छन् । भदौको दोस्रो हप्ता लगाईएको सखरसण्ड गत मंसिर २५ गतेदेखि खन्न सुरुगरिएको थियो । अहिलेसम्म ३० क्विन्टल जति खनेर पनि बिक्रि […]