बाक्लो हुस्सुले भएनन नेपालगञ्ज बिमानस्थलबाट कुनैपनि उडान

सदरलाइन संवाददाता ४ पुष २०८२, शुक्रबार १९:००
 

नेपालगञ्ज :  पुसमहिना सुरु भएदेखिनै बाँकेमा बाक्लो हुस्सुले कठ्याग्रीदो जाडोले गार्दा जनजीवन प्रभावित भएको छ । मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको बाँकेमा पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ ।

नेपालगञ्ज बिमानस्थलबाट बाक्लो कुहीरोको कारण शुक्रबार कुनै पनि उडान हुन नसकेको विमानस्थल सुरक्षा प्रमुख बरिष्ट प्रहरी नायब निरिक्षक माधब रिजालले जानकारी दिए ।

नेपालगञ्जबाट दैनिक १३ उडान काठमाण्डौका लागि हुदै आएका थिए । शुक्रबार बाक्लो हुस्सुको कारण कुनैपनि उडान हुन सकेनन ।


शुक्रबार बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् ।

विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या देखिएको छ भने बिहानको समयमा सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

मौसमविद्हरूका अनुसार केही दिनसम्म बाँकेसहित तराईका जिल्लामा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले केन्द्रीयकमिटीमा बाँकेकै छ जना निर्बाचित

४ पुष २०८२, शुक्रबार १९:००
नेपालगञ्ज  : नेकपा एमालेको हालै सम्पन्न ११ औं राष्ट्रिय माहाधिवेशनमा बाँककाकेका महिलाहरुले बाजी मारेका छन । पार्टीको भृकुटी मण्डप, काठमाण्डौमा पुष ३ गते सम्पन्न मतदानबाट बाँकेका ४ जना महिला निर्वाचित भएका हुन । निर्वाचित हुनेहरुमा शान्ति ढकाल, बसन्ती अधिकारी,आरती पौडेल र बिजया धिताल रहेका छन । नेकपा एमाले केन्द्रीय सदस्य […]