
नेपालगञ्ज : गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले गत भदौ २३-२४ गतेका अपराधिक कार्यले सम्पुर्ण जेन्जी जेनेरेसन माथि नै न्याय गर्न नसकेको बताएका छन् । बुधबार बाँकेको नेपालगञ्ज स्थित नेकपा एमालेको पाटी कार्यालयमा प्रेस चौतारी बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा भएका घटनाक्रम को छानविनका लागि उच्चस्तरीय आयोग बनाउन सकिने र नवयुवा सहितको सर्वपक्षिय सरकार बनाउन सकिने कुरा उल्लेख गरे । तर, सर्वाच्च अदालतको न्यायधिस मानवअधिकार आयोग बाहेक अन्त कहीँ पनि नियुक्त हुनु नहुने उनको भनाई थियो ।
उनले भने,–‘आफैले नजिर खडा गरेको व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ । यस्तो ज्यादतिपुर्ण र लोकतन्त्र विरोधि कुरालाई किमार्थ यसको पक्षपोषण गर्न सक्दैनौं । यो सरासर कु नै हो । कु गरेको कुरालाई हामी समर्थन गर्न सक्दैनौं । हामी प्रतिगमनका विरुद्व छौ ।’
निर्वाचनमा जाने की नजाने भन्ने प्रसंगमा, सबै पक्षलाई शान्ति र सुरक्षाको प्रत्यभुत गराउन सकेको खण्डमा एमाले निर्वाचनमा जाने कुरामा जोड दिए । यद्यपी, निर्वाचनका नाममा राजा ज्ञानेन्द्रले कमल थापालाई अघि सारेर निर्वाचन गराएको जस्तो हो भने यस्ता अवैधानिक काम रोकिनुपर्ने उनको तर्क थियो ।

उनले भने,–‘गलत नियत राखेर निर्वाचनमा जाने करालाई सर्मथन गर्न सकिन्न । त्यसो हो भने संसद पुनस्थापना हुनुपर्छ ।’
उनले पुनस्थापित संसदले संविधान संसोधन मार्फत जनप्रतिनिधिको संख्या सानो पार्नुपने बताए । उनले थपे,–‘उप–राष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुनेगरि प्रदेशका समानुपातिक प्रतिनिधिको संख्या पनि उपयुक्त हुनेगरि सवल र समावेशी वनाउने प्रत्यक्ष निर्वाचितको संख्या समेत समायोजन गराउने गरि तत्काल संविधान संसोधन गरेर निर्वाचन गराउन सकिन्छ ।’
क्रान्ति जारी रहेको भन्दै उनले सामन्तवाद र साम्राज्यवादका अवशेषहरु विरुद्व लोकतन्त्रको संरक्षणका लागि प्राप्त उपलव्धिको संरक्षण गर्दै नयाँ उपलव्धीका लागि जानुपर्छ भन्ने जननेता मदन भण्डारी र अहिलेका पाटी अध्यक्ष केपी ओलिको यस अवधारणमा सबै एकमत रहेको दावि समेत गरे ।


