२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अस्थायी शिक्षक धर्नामा



नरेन्द्र सिंह/सदरलाइनडटकम  IMG_9743
१० असोज, नेपालगन्ज : अस्थायी शिक्षक आन्दोलन संघर्ष समिति बाँकले सरकारले अस्थायी शिक्षकलाई एकपटकको लागि प्रतिष्पर्धामा सहभागी गराई बाहिरिने शिक्षकलाई उपदान सरह सुविधा दिनुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ ।
सोमबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका उनीहरुले सामुहिक रुपमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भन्दै अस्थायी शिक्षकहरु सरकारको यो प्रक्रियामा सामेल नहुने भएका छन् ।
शिक्षा विभागले यही असोज १० गते अर्थात् आजसम्म ‘अस्थायी शिक्षक विवरण संकलन फाराम’ भर्न आग्रह गरेकोमा उनीहरुले फाराम नभरी बहिष्कार गर्दै धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष समेत रहेका टेक बहादुर विष्टले जानकारी दिए ।
सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतिष्पर्धामा भाग लिने वा भाग लिन नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’ लिने मध्ये एउटा रोज्न आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २०७३ असोज १० गते सोमबार
ताजा समाचार