पशुपतिनगर सामुदायिक वनको साधारण सभा सम्पन्न

सदरलाइन संवाददाता १३ श्रावण २०८२, मंगलवार १३:३४
 

नेपालगञ्ज :  पशुपतिनगर सामुदायिक वन उपभोक्ता समूहको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगञ्ज उप–माहानगरपालिका वडा नम्वर १९ र २० का ५ सय ७२ घरधुरीले प्रत्यक्ष लाभ लिईरहेको सामुदायिक वन, नेपालगञ्ज उप–माहानगरपालिका भित्र रहेको एक मात्र सामुदायीक वन हो ।

१ हजार २ सय ५२ जना महिला र १ हजार ४ सय ८८ जना पुरुष गरि जम्मा ३ हजार ४० जनसंख्या उपभोक्ता रहेको वनको सोमवार नेपालगञ्ज वडा नम्वर २० सम्झना चौकस्थित पशुपति मन्दिर पसिरमा कार्यक्रमको आयोजना गरिएको थियो ।

वन उपभोक्ता समूहका अध्यक्ष फडीन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज वडा नम्वर २० का वडाध्यक्ष कौशल कुमार धोवी प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि धोवीले उप–माहानगरमा रहेको वन पर्यापर्यटनको हिसावले महत्वपूर्ण रहेको, यसलाई प्रवद्र्धन गर्न सके २० नम्वर वडाको स्वरुप नै परिवर्तन हुने र त्यसको लागि सवैको साथ र सहयोग आवस्यक रहेको कुरा बताए ।


बिशिष्ठ अतिथि नेपालगञ्ज सव डिभीजन वन कार्यालयका उप–सचिव राजबहादुर चौधरीले सामुदायिक वन उपभोक्ता समूह र उपभोक्ता बिच रहेको बिवादको कारण २ वटा रुखको कटान रहेको बिषयमा प्रष्ट्रयाउँदै उक्त बिषयमा कसैको पनि नियोजित त्रुटी नभएर कामदारको गलत वुझाईका कारण भएता पनि छानविन हुने कुुरा सभालाई सम्वोधनका क्रममा जानकारी दिए ।

बिषयलाई थप प्रष्ट्रयाउँदै सामुदायिक वनका अध्यक्ष बुढाथोकीले नागरिक उड्डेन कार्यालय नेपालगञ्ज, स्थानीय जनप्रतिधि, राजनीतिक दलका प्रतिनिधि, डिभिजन वन कार्यालय बाँके, सव डिभीजन वन कार्यालय राँझा नेपालगञ्ज, वन उपभोक्ता समूह बिच जहाज अवतरणका क्रममा रुखले समस्या भएको भन्ने नागरिक उड्डेन कार्यालयले समस्या देखाएपछी वन कार्यालय र उपभोक्ता समूहले ३४ वटा रुख काटने र २ वटा रुखको हाँगा र टुप्पा काटने भनि कटान आदेस समेत भएकोमा कामदारको गलत बुझाईका कारण १० र ११ नम्वरका दुई वटा रुख कटान भएको त्यसै बिषयलाई लिएर उपभोक्ताहरु केहीले आसंका गरेको पनि बताए ।

कार्यक्रममा बार्षिक लेखा प्रतिवेदन फेकोफन लुम्विनी प्रदेश सदस्य तथा सहजकर्ता महेन्द्रबहादुर शाहीले गरेका थिए भने प्रगति प्रतिवेदन उपभोक्ता समूहका सचिव महेन्द्रबहादुर चन्दले गरेका थिए । सभामा वडा नम्वर २०का पूर्व वडाध्यक्ष कृष्ण कार्की, नेपालगञ्ज सव डिभीजन बन कार्यालयका सहायक वन अधिकृत प्रभातकुमार दाहाल, फेफोकन बाँकेका अध्यक्ष सावित्रा पुन, उपभोक्ता समूहका संस्थापक अध्यक्ष पदम बहादुर अर्याल, उपभोक्ता समूहका पूर्व अध्यक्ष लालबहादुर थापा र पशुपति मन्दिर ब्यवस्थापनका अध्यक्ष नवराज भण्डारीले आफ्ना भनाई राखेका थिए भने वडा नम्वर १९ का वडा सदस्यहरु मन्सुर खाँ, अमृता कुमारी सिंह र वडा नम्वर २० वडा सदस्यहरु चक्र बुढा, कल्पना थापा लगाएतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीको खल्ला झगडियामा जनताको तटबन्धले बनायो अस्थायी बाँध

१३ श्रावण २०८२, मंगलवार १३:३४
नेपालगञ्ज :  बाँकेमा राप्तीनदीको तिब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडिया आसपासको क्षेत्रमा बेम्बो पायलिङ्ग प्रविधिको प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरिएको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ लमही दाङ्गले बाँकेको खल्ला झगडिया आसपासमा सो प्रविधिको प्रयोग गरी पहिलो चरणमा […]