सिद्धेश्वर महादेव मावि लौकीमा एक दिवशीय योग तथा मनोपरामर्श शिविर सम्पन्न

सदरलाइन संवाददाता २६ पुष २०८१, शुक्रबार २२:००
 

राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी –१ लौकीमा अवस्थित श्रीसिद्धेश्वर महादेव मावि.लौकीमा एक दिवसीय योग तथा मनोपरामर्स शिविर सप्पन्न भएको छ ।

योग प्रशिक्षक तथा गायत्री साधक आचार्य श्रीराम दहितको प्रशिक्षणमा सम्पन्न उक्त कार्यक्रममा सो विद्यालयका निवर्तमान प्राधानाध्यापक तथा समाजसेवी रुद्रबहादुर वली लगायतको उपस्थिति रहेको थियो ।

योग, आध्यात्म र ध्यानको विज्ञान सम्मत महत्वलाई प्रकास पार्दै प्रशिक्षक दहितले आजको युगको शिक्षक र विद्यार्थीहरुमा हुनुपर्ने आचरण, व्यवहारको बारेमा समेत चर्चा गरेका थिए ।


मानवले ग्रहण गर्ने भोजनले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य उजागर गर्दै प्रशिक्षक दहितले शिक्षक विद्यार्थीहरुलाई ध्यानका बिधि र योगाका आसण तथा प्रणायमहरु सिकाएका थिए ।

विद्यालयका निवर्तमान प्रधानाध्यापक रुद्रबहादुर वलीले विद्यालयको उन्नयनमा आफुले हिजो सक्दो प्रयास गरेको र आउदा दिनहरूमा पनि अन्तरात्मादेखि सहयोग गर्ने उद्घोष गरे ।

समापन सत्रलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रेम शर्माले अनुशाशीत, चरित्रवान र अव्वल विद्यार्थी उत्पादन गर्नुका साथै विद्यालयको सर्वाङ्गिण विकासका लागि आफू जूनसुकै त्याग गर्न तयार रहेको कुरा अवगत गराए । योग, आध्यात्म र सस्कारयूक्त शिक्षा आजको आवश्यकता भएको कुरा उल्लेख गर्दै प्रधानाध्यापक शर्माले विद्यालयको विकासको लागि समाजका सबै तह र तप्कासग हातेमालो गर्ने वचनवद्धता जाहेर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छः मुख्यमन्त्री आचार्य

२६ पुष २०८१, शुक्रबार २२:००
गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गरेका छन । धुर्काेट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको […]

ताजा अपडेट