बुवाको स्मृतिमा पत्रकार केसीद्वारा दुई पुरस्कारको अक्षयकोष घोषणा

९ भाद्र २०७३, बिहीबार १३:५१
 

सदरलाइनडटकम
९ भदौ, नेपालगन्ज : नेपाल पत्रकार महासंघका सल्लाहकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले आफ्ना पुजनिय पिता गुरुप्रसाद खत्रीको स्मृIMG_8744तिमा नेपाल पत्रकार महासंघ बाँकेमा ‘गुरुप्रसाद खत्री स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि एक लाखको अक्षयकोष घोषणा गरेका छन् ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा महासंघ बाँकेमै एक कार्यक्रमको आयोजना गरी महासंघका सल्लाहकार केसी र उहाँका जेठा दाजु हिमलाल केसीसमेतको उपस्थितिमा सो घोषणा गरेका हुन । १९९० चैत्र २९ मा जन्मनु भएका पिता गुरुप्रसाद खत्री विगत दुई वर्षदेखि कानको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । सोही कारणले मिति २०७३ साउन २७ गते बाँके खासकुस्मा–९ लौकी स्थित आफ्नै निवासमा उहाँको निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ बांँके शाखा मार्फत स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ जना सञ्चारकर्मीलाई पुरस्कृत गर्नको लागि पिता गुरुप्रसादको निधन भएको तिथीमा पुरस्कृत पत्रकारको नाम घोषणा गर्ने र अन्तराष्ट्रिय अर्बुद रोग बिरुद्धको दिवसका दिन बितरण गरिने गरी घोषित सो पुरस्कारको अक्षयकोषको व्यवस्थापन मिलाउनको लागि प्रत्रकार महासंघ बाँकेले आवश्यक प्रकृया अघि बढाउने भएको छ ।
यसैगरी केसी आफैले अध्ययन गरेको बांँकेको कुसुममा रहेको कुश्मेश्वर उमाविमा खासकुस्मामा अध्ययन गर्ने एक जना गरिव तथा जेहन्दार विद्यार्थीका लागि गुरुप्रसाद स्मृति छात्रबृत्तिको लागि समेत थप एक लाखको अक्षय कोष घोषणा गरेका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, पूर्व केन्द्रीय सदस्य प्रेम केसी, पूर्व अध्यक्ष निरज गौतम, प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, फोनिजका अध्यक्ष उमा थापा, अवधी पत्रकार संघका सूर्यलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाउराको चिरपटको प्रहारबाट महिलाको मृत्यु

९ भाद्र २०७३, बिहीबार १३:५१
सदरलाइनडटकम ९ भदौ, नेपालगन्ज : दाउराको चिरपटले हानेर बाँकेको नौवस्तामा एक महिलाको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।विहीबार तिलकपुर–९ नौवस्ता निवासी डल्ली थारुलाई सोही गाँउ निवासी रामकुमार (डेरेस) थारुले चिरपटले हान्दा उनको मृत्यु भएको हो । ईप्रका कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेका अनुसार पीतक […]