नेपालगञ्ज वडानं. १ द्वारा खेलाडि सम्मान तथा दशैको शुभकामना आदानप्रदान 

सदरलाइन संवाददाता २१ आश्विन २०८१, सोमबार १९:४४
 
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ ले बडा दशैको अवसर पारेर शुभकामना आदानप्रदान तथा खेलाडि सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्ष प्रमोद रिजालको अध्यक्षता तथा नगरप्रमुख प्रशान्त विष्ठको प्रमुख आतिथ्यतामा काठमाण्डौमा हालै सम्पन्न शाररिक सुगठनमा द्वितिय स्थान प्राप्त गरेका वडाबासी सलिम कुरेशीलाई १० हजार नगदसहित सम्मान गरिएको हो ।
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको औचित्य माथी प्रकास पादै वडा अध्यक्ष रिजालले वडाको गौरबको रुपमा रहेका खेलाडिको सम्मान गर्दा आफ्नै वडाको श्रीबृद्धी हुने बताए ।
उनले वडानं. १ खेलमैत्री वडा भएको कारणले वडामा खेलकुदका विभिन्न गतिविधि सञ्चालन गरिदै आएको तथा वडामा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत विषेश पहल हुँदै आएको बताए ।
कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष  गोबिन्द पाण्डे, एमाले बाँके अध्यक्ष निरक गुरुङ्गलगायतको सहभागिता रहेको थियो ।
   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगर वडानं. १ ले सार्वजनिक गर्यो ११ उत्कृष्ठ काम

२१ आश्विन २०८१, सोमबार १९:४४
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं. १ ले वडाको बृहत्तर विकासका लागि वडा कार्यालयले गरेको विकास निर्माणको बारेमा भएका विभिन्न ११ वटा काम सार्वजनिक गरेको छ । वडा अध्यक्ष प्रमोद रिजालले दिएको जानकारी अनुसार वडा कार्यालयलाई संघिय सरकार, प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालय समेतको बजेट र योजना अन्तर्गत वडाबासिहरुको […]