मातृभाषा पत्रकारिता दमनमा परेका समुदायको आवाज हो : पूर्वराष्ट्रपति भण्डारी

सदरलाइन संवाददाता १९ जेष्ठ २०८१, शनिबार १८:५२
 

काठमाण्डौ :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मातृभाषा पत्रकारिताले दमनमा र सीमान्तकृतमा परेका भाषा र समुदायको आवाज भएको बताएकी छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै सो कुरा बताएकी हुन ।

‘मातृभाषा पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा समेत योगदान पु¥याउँछ’–पूर्वराष्ट्रपति भण्डारीले भनिन । मातृभाषामा समाचार लेख्ने पत्रकारहरुमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उनले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने धारणा व्यक्त गरिन ।

मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायहरुबीच अनुभव र ज्ञान आदानप्रदान लागि फोरम तयार गरी सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवद्र्धन गर्ने बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन–‘ मातृभाषाको पत्रकारितालाई संरक्षण गरी राष्ट्रिय एकता बलियो बनाउने छ ।’

पूर्वराष्ट्रपति भण्डारीले मातृभाषाको पत्रकारिताको विकास र प्रवद्र्धनका लागि राज्यका निकायहरु, सामुदायिक संघसंस्था र सञ्चारकर्मीहरुको साथै स्वयं मातृभाषा बोल्ने सम्बन्धित समुदायको पहल र प्रयत्न आवश्यक हुनेमा पनि जोड दिईन ।


नेपालमा लोकतन्त्रको पुनर्बहाली, खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सांस्कृतिक सम्पदाको रुपमा रहेको मातृभाषाहरुको संरक्षण र विकासको लागि भएका पहलहरु थालनी भएको पनि उनले बताईन ।

उनले पत्रकारिता क्षेत्रले जिम्मेवारपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम हुने बताउँदै पत्रकारिताको भाषा जुनसुकै भएपनि आचारसंहिता पालना एवं पेशागत आचार कायम राखी पत्रकारिता क्षेत्रलाई स्वस्थ, स्वतन्त्र र उत्तरदायी बनाउनुपर्नेमा पनि जोड दिईन ।

सो कार्यक्रममा सार्क जर्नालिष्ट फोरममा आबद्ध रहेका भारत, बंगलादेशलगायतबाट मात्रृभाषि पत्रकारहरुको सहभागिता रहेको सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

१९ जेष्ठ २०८१, शनिबार १८:५२
दाङ  : आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताए । घोराही, लुम्बिनी, बुटवल र नेपालगञ्जमा सामुदायिक शिशु […]