२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बझाङमा एमालेको अग्रता, माओवादी दोस्रो स्थानमा



बझाङ्ग :  बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।

आइतबार दिउँसोदेखि मतगणना सुरु भएको बझाङमा ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार
ताजा समाचार