दाङ : सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जनताकाे अवस्थामा परिवर्तन ल्याउन सरकारले कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेकाे बताएकी छन् । राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताकाे अवस्थामा सुधार आउन नसकेका गुनासाका विच सरकारले जनताकाे अवस्थामा सुधार ल्याउन कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेकाे बताइन् ।
नेपाल पत्रकार महासंघ दाङकाे २२ औ साधारणसभा तथा १२ औ अधिवेशन एवम् मिडिया महाेत्सवकाे आज दाङकाे घाेराहीमा उद्घाटन गर्दै उनले पत्रकारिता र राजनीति परिवर्तनकाे यात्रामा सँगसँगै रहेकाे स्मरण गर्दै अहिले राजनिती र पत्रकारीताकाे एजेन्डा फेरिएको बताइन ।
संविधानमा उल्लेख माैलिक हक कार्यान्वयन गर्नुपर्ने मुल जिम्मेवारी सरकारकाे भएको, तीन तहका सरकारकाे काम उत्पीडितलाई मुल प्रवाहमा ल्याउनू रहेकाेमा जाेड दिइन । संविधानमा लेखिएका माैलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार रुपमा मिडियाले भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन ।
अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताकाे लागि सरकार प्रतिबद्ध रहेकाे समेत उनको भनाई छ । अहिले राजनीतिक स्थायित्व भए पनि राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेकाे बताइन्। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताकाे रक्षाका लागि राज्य पक्ष जहिले पनि जिम्मेवार हुनुपर्नेमा जाेड दिइएको छ । दुई दिन सम्म चल्ने मिडिया महाेत्सवमा विविध विषयमा छलफल गरिने छ ।