२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नाङ्गो दर्पण



विमल हमाल ‘युरेनस , मुगु

हरेक उज्यालो दिनलाई
निशा सम्झने भ्रमका आखेटकहरु
सधै–सधै
चित्रण गर्छन,
फगत लहरीमा ।

ज्वाजल्यमान झै बनेर
समुहको एउटा नाङ्गो सपनामा
सधै देखाउछन,
बैभब भिडको तमासा
नाचेर उदण्ड चित्र ।

भन्छन,
कला मेरो, झुक्याउछ,
दोस्रो झुण्डको, तेस्रो बिचित्र खेल
छिन–छिनमा रुपान्तरिणत रे,
कतै समुह त,कतै झुण्डमा
पुनः देखाउछ ,
प्रति विम्वको नाङ्गो संकेत
अनि, रशिला बात फोेर्छ
झुटा अभिब्यक्तीमा लठेप्राहरु नचाउछ ।

भन्छ,
म, सधै दर्पण
देखाउछ उनी र उ ,
मुकुण्डो बेरेर
युग परिर्वतनकारी भन्दै
नाराको नाङ्गो दर्पण ।।।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार
ताजा समाचार